देशभर जनैपूर्णिमा र रक्षाबन्धन पर्व श्रद्धापूर्वक मनाइँदै
श्रावण शुक्ल पूर्णिमाका दिन आज देशभर जनैपूर्णिमा र रक्षाबन्धन पर्व श्रद्धापूर्वक मनाइँदैछ। वैदिक सनातन धर्मावलम्बीहरूले बिहानैदेखि नदी, ताल र पोखरीमा स्नान गरी गुरु पुरोहितबाट नयाँ यज्ञोपवीत (जनै) र रक्षासूत्र धारण गरिरहेका छन्। गुरु पुरोहितले विधिपूर्वक मन्त्…