
देश निर्माण गर्न राज्यका तीनवटै अंगको गति एउटै हुनुपर्छ : सभामुख अर्याल
काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले देश बनाउनका लागि व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको गति एउटै हुनुपर्ने बताएका छन् । पूर्वसांसद मञ्चले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभामुख अर्यालले कानून निर्माण गरेर देश निर्माण गर्न राज्यका तीन वटै अंगको गति एउटै हुनुपर्ने बताएका हुन् । मुलुकलाई आवश्यक नीति नियम बनाउन सबैको नियत सफा हुनुपर्ने उनले बताए । […]
