
राष्ट्रिय सभा उपाध्यक्ष भण्डारी र सिजाङ उपाध्यक्ष झाओ पेङबीच भेटवार्ता
काठमाडौं। राष्ट्रिय सभाकी उपाध्यक्ष लीला कुमारी भण्डारी र जनवादी गणतन्त्र चीनको सिजाङ स्वायत्त क्षेत्रको जनसरकारका उपाध्यक्ष झाओ पेङ बीच मंगलबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ। भेटवार्ताका क्रममा दुई पक्षबीच नेपाल-चीन सम्बन्ध, व्यापार, पर्यटन, कृषि, ऊर्जा तथा अन्तरसंसदीय सहकार्यलगायत विषयमा छलफल भएको थियो। उपाध्यक्ष भण्डारीले नेपाल र चीनबीच शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, पुरानो मित्रता तथा पारस्परिक संवेदनशीलताको […]
