Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 26 Maylast: 26 May

प्रधानमन्त्री बालेन शाहलाई संसद्‌मा उपस्थित गराउन एमाले सांसद बरालको माग

नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले प्रधानमन्त्री बालेन शाहलाई प्रतिनिधि सभामा उपस्थित गराउन माग गरेकी छन्। सोमबारको बैठकमा बोल्दै सांसद बरालले प्रधानमन्त्री संसद् र गणतन्त्र दिवसका कार्यक्रमहरूमा समेत अनुपस्थित भएको भन्दै जनताले उहाँको खोजी गरिरहेको बताइन्। उनले प्रधानमन्त्री कहाँ हराउनुभएको हो भनी प्रश्न गर्दै सभामुखमार्फत उहाँलाई सदनमा हाजिर गराउन माग गरेकी हुन्।

Summary by Jayaman

2publishers
2headlines
Span: 5 hoursNE onlyUpdated 26 May
Covered by
Broke on K cha khabarNepal Press logoNepal Press

‘जनताले सोध्न थालिसके, प्रधानमन्त्री कहाँ हराउनुभयो ?’

काठमाडौं । नेकपा एमालेकी सांसद यशुदाकुमारी बरालले प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराउन माग गरेकी छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जनताले प्रधानमन्त्री शाहलाई सदनमा खोजिरहेको बताइन् । उनले भनिन्, ‘नेपाली जनताको माग छ प्रधानमन्त्री गणतन्त्र दिवसमा पनि नबोल्ने, सदनमा पनि नआउनुभएकाले उहाँ कहाँ हराउनुभयो ? उहाँलाई सदनमा उपस्थित गराएर हाजिर गराइदिन माग गर्दछु ।’

Coverage

1 more headline since

    1. प्रधानमन्त्री हराए, खोजेर संसद्‌मा हाजिर गराइयोस् : एमाले सांसद बराल

      १२ जेठ, काठमाडौं । नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले प्रधनमन्त्री बालेन्द्र शाह (बालेन)लाई संसद्‌मा उपस्थित गराउन माग गरेकी छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नागरिकले यस्तो माग गरेको बताइन् । ‘नेपाली जनताको माग छ । प्रधानमन्त्री सदनमा नआउनु भएको र उहाँ कहाँ हराउनुभयो भनेर भनिदिनु भन्नुभएको छ,’ उनले भनिन्, ‘उहाँ (प्रधानमन्त्री)लाई उपस्थित गराउनुहुन […]

UML Lawmaker Demands PM Balen Shah Presence in House of Representatives · K cha khabar