Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 5d ago

संविधान र लोकतन्त्रमाथि गम्भीर चुनौती रहेको अध्यक्ष केपी शर्मा ओलीको दाबी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान र लोकतान्त्रिक गणतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी गर्नुभएको छ। काठमाडौँमा जारी गरिएको अन्तरपार्टी निर्देशन (अपानि) मार्फत ओलीले नयाँ र पुराना शक्तिको नाममा स्थापित राजनीतिक दलहरूलाई विस्थापित गर्ने षडयन्त्र भइरहेको बताउनुभयो। उहाँले लोकतन्त्रको रक्षाका लागि संसद, न्यायपालिका र स्वतन्त्र प्रेसजस्ता संस्थाहरूको संरक्षण अपरिहार्य रहेकोमा जोड दिनुभएको छ।

Summary by Jayaman

3publishers
5headlines
Span: 1d 4hNE onlyUpdated 5d ago
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

लोकतान्त्रिक गणतन्त्र नभए जनताले सुख पाउँदैनन् : ओली

१५ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न संविधान, संसद, न्यायपालिका र स्वतन्त्र प्रेसजस्ता संस्थाहरूको संरक्षण अपरिहार्य रहेको बताएका छन् । लोकतान्त्रिक गणतन्त्र नभए जनताले सुख पनि नपाउने उनको भनाइ छ । ‘लोकतान्त्रिक गणतन्त्र नभए केके गुमाउनु पर्छ भन्ने कुरा गणतन्त्र नरहेका बेला मात्रै समाजले महसुस गर्न […]

Coverage

4 more headlines since

first · 6d agolatest · 5d ago
    1. अपानिमा ओली- नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ

      काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी रहेको बताएका छन्। कार्यविभाजनसहित जारी अपानिमा भूराजनीतिक द्वन्द्वमा नेपालीको भूमिलाई दुरुपयोग गर्न चाहने स्वार्थी तत्त्वहरूको चलखेल बढेको उल्लेख छ। अपानिमा ओलीले भनेका छन्, ‘नवगठित सरकारका काम र क्रियाकलापहरूले नेपालीको भौगोलिक अखण्डता […]

    2. प्रदेश र स्थानीय चुनाव एकैपटक गराउन सरकार जुट्यो : ओली

      १६ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश र स्थानीय चुनाव एकैपटक गराउनेगरी सरकार जुटेको सूचना कार्यकर्ताहरुलाई पठाएका छन् । अपानि–२ जारी गर्दै ओलीले यस्तो सूचना दिएका हुन् । ‘वर्तमान सरकार र निर्वाचन आयोग प्रदेश सभा र स्थानीय तहका निर्वाचन एकैसाथ गर्ने गरी तयारीमा जुटिरहेको अवस्था छ,’ अपानिमा ओलीले लेखेका छन् । […]

    3. केपी ओलीको प्रष्टोक्ति : अरु दलले साथ नदिँदा चुनावमा जानु पर्‍यो

      १६ जेठ, काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुराना दलहरुलाई सिध्याउने षडयन्त्र जारी रहेको बताएका छन् । शुक्रबार अपानि–२ जारी गर्दै ओलीले लोकतन्त्रका लागि लामो संघर्ष गरेका दलहरुलाई सिध्याउने षडयन्त्र भइरहेको सन्देश पठाएका हुन् । ‘नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ,’ […]

    4. फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली

      काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी गरेका छन् । एमालेले सार्वजनिक गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा अध्यक्ष ओलीले लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्त नेपालको संविधान संकटमा परेको र लोकतान्त्रिक गणतन्त्रको भविष्यसमेत जोखिममा रहेको उल्लेख गरेका छन् । उनले लोकतन्त्रका लागि लामो संघर्ष […]

KP Sharma Oli Warns of Threats to Democracy and Constitution · K cha khabar