
सगरमाथाको चुचुरोमा फहरियो काठमाडौं युथ कन्क्लेभको झण्डा
काठमाडौं – युवाहरूको नेतृत्व, नवप्रवर्तन र सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘काठमाडौं युथ कन्क्लेभ’को झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराइएको छ। आयोजकका अनुसार हजारौं नेपाली युवाको सपना र आकांक्षाको प्रतीकका रूपमा रहेको कन्क्लेभको झण्डा सगरमाथाको शिखरसम्म पुर्याइएको हो। यसलाई नेपाली युवाको ऊर्जा, सम्भावना र विश्वमञ्चमा स्थापित हुने आकांक्षाको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको […]