कमला नदीको पुल निर्माणमा बजेट विनियोजन नगरेको भन्दै आन्दोलन
१७ जेठ, सिरहा । सिरहा र धनुषा जिल्लालाई जोड्ने हुलाकी सडकअन्तर्गतको कमला नदीको पुल निर्माणका लागि बजेट विनियोजन नगरिएको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । शुक्रबार प्रस्तुत आर्थिक वर्ष २०८३/८४ को बजेटमा रकम विनियोजन नभएको भन्दै स्थानीयवासीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । कमला पुल निर्माण समितिले शनिबार बैठक बसी आन्दोलन गर्ने निर्णय गरेका हुन् […]

