
सोधपुछका लागि चौकीमा बोलाइएका व्यक्ति प्रहरीबाटै कुटिए
जनकपुरधाम । सरसर्लाहीको हरकठवास्थित इलाका प्रहरी कार्यालयमा बोलाइएका एक स्थानीयमाथि प्रहरी जवानले कुटपिट गरेको छ। प्रहरीको कुटाइबाट धनकौल गाउँपालिका–५ हरकठवाका फेकु दास गम्भीर घाइते भएका हुन् । दासका दुई छोराले अध्ययन गरेको साइनिङ स्टार बोर्डिङ स्कुलको १३ हजार रुपैयाँ शुल्क बाँकी रहेको भन्दै विद्यालयका सञ्चालक संजय साहले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा निवेदन दिएका थिए। उक्त […]
