सुकुमवासी उठिवासको विषयमा जाँचबुझ माग गर्दै मानव अधिकार आयोगको ध्यानाकर्षण
भूमिहीन सुकुमवासीहरूलाई जवरजस्ती उठिबास लगाएको विषयमा ‘राष्ट्रिय जाँचबुझ’ गर्नुपर्ने मागसहित राष्ट्रिय मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझाइएको छ । सरोकारवाला तथा अधिकारकर्मीहरूले बिहीबार आयोगमा सात बुँदे पत्र बुझाएका हुन् ।