बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रे सडक खण्ड अवरुद्ध
सडकको अवस्था सामान्य नभएसम्म सवारी सञ्चालन नगरिने प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो परेको भारी वर्षाका कारण रोशी र दाप्चा खोलामा आएको बाढीले बीपी राजमार्गका विभिन्न डाइभर्सनहरू बगाएको छ। काभ्रेपलाञ्चोकको चौकीडाँडा र घुमाउने क्षेत्रमा सडक क्षतिग्रस्त भएपछि अपराह्न ३ बजेदेखि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ। जिल्ला प्रहरी प्रमुख रविन कार्कीका अनुसार सडक मर्मत गरी सुरक्षित नभएसम्मका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ।
सडकको अवस्था सामान्य नभएसम्म सवारी सञ्चालन नगरिने प्रहरीले जनाएको छ ।
4 more headlines since
२४ असार, काभ्रेपलाञ्चोक । २०८१ असोज ११ र १२ गतेको अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले क्षतिग्रस्त बनाएको बिपी राजमार्गमा यस वर्षको मनसुनमा सवारीसाधनलाई पुरानै ट्रयाकबाट सञ्चालन गर्ने तयारी गरिएको छ। बाढीले क्षति पुर्याएपछि डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएकोमा जोखिमयुक्त स्थानमा संरक्षण पर्खाल निर्माणको कामले गति लिएसँगै वर्षायामभर पुरानै स्थानबाट यातायात सञ्चालन गर्ने तयारी गरिएको […]
२१ असार, काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा पानीको सतह बढेपछि आवागमन बन्द भएको बीपी राजमार्गको मंगलटार खण्डमा फसेका सवारी साधानलाई प्रहरी स्कर्टिङमा गन्तव्यतर्फ ल्याइँदैछ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविन कार्कीका अनुसार, आइतबार अपराह्न ३ बजेदेखि दाप्चा क्षेत्रमा परेको वर्षापछि रोशी र दाप्चाखोलामा आएको बाढीका कारण राजमार्ग अवरुद्ध भएपछि सवारी साधनलनई मंगलटारमा होल्ड […]

काठमाडौं। अविरल वर्षापछि रोशी र दाप्चाखोलामा आएको बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा सवारीसाधन सञ्चालन रोकिएको छ। आइतबार अपराह्न करिब ३ बजेदेखि चौकीडाँडा र घुमाउने क्षेत्रको डाइभर्सनमा क्षति पुगेपछि राजमार्ग हुँदै चल्ने सबै प्रकारका सवारीसाधनलाई रोकिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। जिल्ला प्रहरी प्रमुख रविन कार्कीका अनुसार राजमार्गको प्रभावित खण्ड सुरक्षित नबन्दासम्म यातायात […]

केदार तिमल्सिनाबनेपा, असार २१ गते । आइतबार दिउँसो काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र पनौती क्षेत्रमा परेको भारी वर्षाका कारण बीपी राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।...
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गका केही खण्डहरू राति बन्द गर्ने निर्णय ग…
उपल्लो जलाधार क्षेत्रमा भइरहेको निरन्तर वर्षाका कारण कोशी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको जल तथा मौसम विज्ञान…
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले वर्तमान सभापति गगन थापासँग पार्टी एकताको सम्भावना समाप्त भएको न…