
नाम्दु खोलामा ३ करोड ४५ लाखको आधुनिक पुल सञ्चालनमा
पाँचथर : पाँचथरको शिवालय–रानीटार–लुङरुप्पा–गोर्खाले सडकखण्डअन्तर्गत नाम्दु खोलामाथि ३ करोड ४५ लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण गरिएको आधुनिक आर्च्ड आरसीसी पुल सम्पन्न भएको छ। कोशी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालयको पूर्वाधार विकास कार्यालय

