
गुन्द्रुकले बदल्यो श्रियाको भाग्य, गाउँमै २० महिलालाई बनायो आत्मनिर्भर
हेटौँडा । केही वर्षअघिसम्म हेटौँडा उपमहानगरपालिका–१२ घलेगाउँकी ३८ वर्षीया श्रिया गुरुङको दैनिकी अधिकांश ग्रामीण महिलाजस्तै थियो। बिहानदेखि साँझसम्म घरधन्दा, खेतबारी र पशुपालनमै समय बित्थ्यो। दिनभरि मिहिनेत गरे पनि आफ्नै आम्दानी थिएन। परिवारको खर्च श्रीमान्को कृषि आम्दानीमा
