
पदत्यागअघि युक्रेन पुगे स्टारमर, युक्रेनप्रति बेलायतको समर्थन कायम रहने सन्देश
किएभ- प्रधानमन्त्री पदबाट सोमबार औपचारिक रूपमा बाहिरिनुअघि बेलायती प्रधानमन्त्री किअर स्टार्मर अन्तिम विदेश भ्रमणका रूपमा बिहीबार युक्रेन पुगेका छन्। राजधानी किएभमा उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्दै युक्रेनको सुरक्षा, द्विपक्षीय सहयोग र दीर्घकालीन साझेदारीका विषयमा छलफल गर्ने कार्यक्रम रहेको बेलायती सरकारले जनाएको छ। साथै, बेलायतमा नेतृत्व परिवर्तन भए पनि युक्रेनप्रतिको समर्थन र प्रतिबद्धतामा कुनै कमी नआउने सन्देश […]
