Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 4d agolast: 2 min ago

प्रधानमन्त्री बालेन्द्र शाहको सक्रियतापछि सेयर बजारमा उत्साह, नेप्से परिसूचकमा उच्च वृद्धि

प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्र र पुँजीबजारको सुधारमा चासो देखाएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सकारात्मक प्रभाव देखिएको छ। प्रधानमन्त्रीले नेपाल धितोपत्र बोर्ड (सेबोन), नेप्सेका पदाधिकारी र गभर्नर डा. विश्वनाथ पौडेलसँग छलफल गरी लगानीकर्ताको मनोबल बढाउन नीतिगत सुधारको आश्वासन दिनुभएको छ। यस सक्रियताका कारण नयाँ आर्थिक वर्षको सुरुवाती दुई दिनमै बजार सूचक १२१.४४ अंकले बढेको छ। सरकारले सेयर बजारलाई रोजगारी सिर्जना गर्ने थलोको रूपमा विकास गर्ने प्रतिबद्धता जनाएपछि लगानीकर्ता र ब्रोकरहरू उत्साहित देखिएका छन्।

3 publishers · 5 headlines · 4 in 24h · developing over 3d 20h
Broke firstBizmandu

सेयर बजारमा नयाँ सरकार बनेयताकै धेरै वृद्धि, बालेन र विश्वको भेटपछि लगानीकर्ता उत्साही

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलको भेटपछि सेयर बजारमा हरियाली छाएको छ। सेयर बजार लगातार घटेर लगानीकर्ता प्यानिक भइरहेका बेला प्रधानमन्त्री बालेनले बिहीबार गभर्नर पौडेललाई बोलाएर बजारकै विषयमा छलफल गरेको भोलिपल्ट शुक्रबार नेप्सेमा हरियाली छाएको हो। आर्थिक वर्ष २०८३/८४ को पहिलो दिन सेयर बजार सूचक ७९.७४ अंकले उकालो लागेको छ। नेप्से नयाँ […] The post सेयर बजारमा नयाँ सरकार बनेयताकै धेरै वृद्धि, बालेन र विश्वको भेटपछि लगानीकर्ता उत्साही appeared first on BIZMANDU.

content5 publishers
Coverage

4 more headlines since

first · 4d agolatest · 11 min ago
  1. प्रधानमन्त्रीको सन्देशले सेयर बजारमा हरियाली

    प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजारसँग सम्बन्धित सरोकारवालासँग प्रत्यक्ष संवाद गरेपछि सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा देखिएको सुधारलाई लगानीकर्ताले सकारात्मक संकेतका रूपमा लिएका छन्।...

    Nagarik News logoNagarik NewsPrivateeconomy5 publishers
  2. प्रधानमन्त्रीले चासो लिएपछि सेयर बजार फर्कियो लयमा

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्र र पुँजीबजारका समस्याको विषयमा चासो लिएपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ। पछिल्ला दिनमा प्रधानमन्त्री शाहले नीतिगत तथा कार्यक्रमिक सुधारको पहल गर्ने उद्देश्यले उद्योगी, व्यवसायी, पुँजीबजार र नियामक क्षेत्रका प्रतिनिधिहरूसँग श्रृङ्खलाबद्ध रूपले भेटघाट गरिरहेका छन् । प्रधानमन्त्रीले आर्थिक क्षेत्रमा चासो लिएसँगै निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) शुक्रबारबाट […]

    Khabarhub logoKhabarhubPrivate5 publishers
  3. सेयर बजारमा सुधार गर्ने बालेनको आश्वासन, ब्रोकरहरु आश्वस्त, नेप्सेमा हरियाली

    काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सेयर बजारलाई सरकारले रोजगारी बढाउने थलोका रुपमा लिएको भन्दै लगानीकर्ताको मनोबल बढाउन काम गरिरहेको बताएका छन्। उनले सोमबार विषयमा नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्जका अध्यक्षको उपस्थितिमा स्टक ब्रोकर्स र लगानीकर्तालाई बोलाएर छलफल गरी सरकारले बजारको सुधारका लागि आवश्यक काम अगाडि बढाइसकेको बताएका हुन्। उनले लगानीकर्ताको कन्फिडेन्स बढाउनका लागि […] The post सेयर बजारमा सुधार गर्ने बालेनको आश्वासन, ब्रोकरहरु आश्वस्त, नेप्सेमा हरियाली appeared first on BIZMANDU.

    BizmanduPrivatecontent5 publishers
  4. सेयर बजारमा प्रधानमन्त्रीको चासोको इफेक्ट पोजेटिभ, सूचक दुई दिनमा १२१.४४ अंकले बढ्यो

    काठमाडौं। सेयर बजार सुधारका लागि प्रधानमन्त्री वालेन्द्र शाहको चासोसँगै सक्रियताले लगानीकर्ता उत्साहित देखिएका छन्। यसको संकेत बजार सूचकले गरेको हो। नेप्से परिसूचक नयाँ आर्थिक वर्षमा कारोबारको दुई दिनमै १२१.४४ अंकले बढेको छ। नयाँ सरकार बनेयता सेयर बजार बियरिस भएपछि लगानीकर्ताको मनोबल बढाउन निजी क्षेत्रसँग भेट र संवादमा रहेका शाहले सोमबार सेबोन, नेप्से, ब्रोकर र लगानीकर्ताहरुसँग […] The post सेयर बजारमा प्रधानमन्त्रीको चासोको इफेक्ट पोजेटिभ, सूचक दुई दिनमा १२१.४४ अंकले बढ्यो appeared first on BIZMANDU.

    BizmanduPrivatecontent5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.