
लिनिङ्ग पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टनको मुख्य प्रायोजक
काठमाडौं । नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजनामा १४औं संस्करणको ‘पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता’ आगामी साउन २५ देखि ३० गतेसम्म सञ्चालन हुने भएको छ । विश्वविख्यात खेलकुद सामग्री उत्पादक कम्पनी ‘लिनिङ्ग’ ले मुख्य प्रायोजकका रूपमा सहकार्य गर्ने पक्का भएसँगै संघका महासचिव सुनिल मान शाक्यले प्रायोजनसम्बन्धी सम्झौता सम्पन्न भइसकेको जानकारी दिएका छन् […]

