Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 12 Auglast: 13 Aug

बिना अनुमति ऋण प्रवाह गरेको आरोपमा टप ग्लोबलकी सञ्चालक नवीना गुरुङ पक्राउ

नियामक निकायबाट अनुमति नलिई घरजग्गा धितो राखेर ऋण प्रवाह गरेको आरोपमा टप ग्लोबल इन्भेस्टमेन्ट प्रालिकी सञ्चालक नवीना गुरुङ पक्राउ परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सिन्धुपाल्चोक घर भई महाराजगञ्जमा व्यवसाय गर्ने ४१ वर्षीया गुरुङलाई नियन्त्रणमा लिएको हो। उनीमाथि नेपाल राष्ट्र बैंक ऐन विपरीत अवैध वित्तीय कारोबार गरेको अभियोगमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

2 publishers · 2 headlines · developing over 16 hours
Broke firstBizmandu

टप ग्लोबल इन्भेस्टमेन्टकी सञ्चालक नविना पक्राउ, घरजग्गा धितोमा ऋण दिएको आरोप

काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरमा एक महिलालाई पक्राउ गरेको छ। प्रहरीले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका घर भएकी ४१ वर्षीय नविना गुरुङलाई नियन्त्रणमा लिएको हो। उनीमाथि काठमाडौंको महाराजगञ्जमा टप ग्लोबल इन्भेस्टमेन्ट नामको कम्पनी खोलेर कुनै पनि निकायबाट अनुमति नलिई ऋण प्रवाह गर्ने गरेको आरोप छ। परिसरका एसपी दान थापाले घरजग्गा कारोबारको […] The post टप ग्लोबल इन्भेस्टमेन्टकी सञ्चालक नविना पक्राउ, घरजग्गा धितोमा ऋण दिएको आरोप appeared first on BIZMANDU.

content2 publishers
Coverage

1 more headline since

  1. अनुमति नलिई ऋण कारोबार, टप ग्लोबलकी सञ्चालक पक्राउ

    नियामक निकायबाट अनुमति नलिई घरजग्गा धितो राखेर ऋण प्रवाह गरेको आरोपमा काठमाडौंको महाराजगञ्जस्थित टप ग्लोबल इन्भेस्टमेन्ट प्रालिकी सञ्चालक नवीना गुरुङ पक्राउ परेकी छन्।...

    Nagarik News logoNagarik NewsPrivateaparadh2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.