
प्रहरीले नै मिलेमतोमा तस्कर भगाएको प्रकरणः सई शर्मा जिल्लामा तानिए
भारतबाट ल्याएका तस्करीको सामानसहित पक्राउ परेका व्यक्तिलाई प्रहरी कार्यालयबाटै छाडिएको विवादमा मुछिएका इलाका प्रहरी कार्यालय बोदेबरसाइनका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक (सई) शिवशंकर शर्मालाई जिल्ला प्रहरी कार्यालय सप्तरी तानिएको छ ।