
सगरमाथा आरोही संघको रजत जयन्तीमा सहायक प्रमुख जिल्ला अधिकारी पोख्रेल सम्मानित
काठमाडौं । सगरमाथा सफल आरोहण गरेका आरोहीहरूको संस्था सगरमाथा आरोही संघ स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा आयोजित रजत जयन्ती समारोहमा निजामती सेवामा कार्यरत सगरमाथा आरोही सुरथ पोख्रेल सम्मानित हुनुभएको छ। हाल दोलखा जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत पोख्रेलले सगरमाथाको सफल आरोहण गर्नुभएको थियो। निजामती सेवासँगै साहसिक पर्वतारोहण क्षेत्रमा समेत योगदान पुर्याएको भन्दै […]
