Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 5d agolast: 1h ago

रसुवाका बाढीपीडितको सहयोगका लागि काठमाडौंमा रक्तदान कार्यक्रम आयोजना

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित र घाइते भएकाहरूको सहयोगका लागि काठमाडौंका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। कलंकी–लाम्पाटीमा लाम्पाटी टोल विकास समितिद्वारा आयोजित कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन्। यसैगरी, बाढीमा परी घाइते भएकाहरूको उपचारमा रगत अभाव हुन नदिन नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलले त्रिचन्द्र क्याम्पस घण्टाघरमा रक्तदान कार्यक्रम तय गरेको छ।

4 publishers · 6 headlines · 3 in 24h · developing over 5 days
Broke firstOnlineKhabar logoOnlineKhabar

बाढीका घाइतेलाई रगत अभाव हुन नदिन तरुण दलले रक्तदान कार्यक्रम आयोजना गर्दै

११ भदौ, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलले बाढीबाट घाइते भएकाहरूलाई रगत अभाव हुन नदिका लागि रक्तदान कार्यक्रम गर्ने भएको छ । रसुवास्थित भोटेकोशी नदीको बाढीबाट घाइते भई उपचाररत बिरामीका लागि रगतको समस्या हुन नदिन रक्तदान आयोजना गरिएको तरुण दलले जानकारी गराएको छ । रक्तदान त्रिचन्द्र क्याम्पस घण्टाघरमा आजका लागि तय गरिएको तरुण […]

Coverage

5 more headlines since

first · 5d agolatest · 1h ago
  1. रसुवा बाढी पीडितका लागि नबिल बैंकको रक्तदान कार्यक्रम

    एक जिम्मेवार संस्थाका रूपमा नबिल बैंक पीडित समुदायसँग ऐक्यबद्धता जनाउँदै उहाँहरूको साथमा उभिएको बैंकका प्रमुख मानव संसाधन अधिकृत दिवस कार्कीले बताए । उनले यस रक्तदान कार्यक्रममार्फत हामी जारी मानवीय सहायता कार्यमा योगदान पुर्‍याउनुका साथै यस कठिन घडीमा जीवन बचाउने प्रयासहरूमा सहयोग पुग्ने बताए ।

  2. रसुवा बाढी पीडितका लागि नबिल बैंकद्वारा रक्तदान कार्यक्रम आयोजना

    काठमाडौं । नबिल बैंकले रसुवाका बाढी पीडितका लागि रक्तदान कार्यक्रम आयोजना गरेको छ। विनाशकारी बाढीबाट प्रभावितलाई सहयोग तथा मानवीय सेवामा योगदान पुर्‍याउने उद्देश्यले बैंकले सोमबार रक्तदान कार्यक्रम आयोजना गरेको हो। रक्तदान कार्यक्रममार्फत १३६ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ। त्रि.वि. लायन्स रक्तसंचार तथा अनुसन्धान केन्द्रको सहकार्यमा सम्पन्न कार्यक्रम बाढीका कारण प्रभावित क्षेत्रमा उत्पन्न हुनसक्ने […] The post रसुवा बाढी पीडितका लागि नबिल बैंकद्वारा रक्तदान कार्यक्रम आयोजना appeared first on BIZMANDU.

    BizmanduPrivatecontent6 publishers
  3. बाढी पीडितका लागि नबिल बैंकको रक्तदान कार्यक्रम

    १५ भदौ, काठमाडौं । नबिल बैंकले रसुवाका बाढीपीडितको सहयोग तथा मानवीय सेवामा योगदान पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेको छ। सोमबार आयोजित कार्यक्रममा १३६ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ। त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रको सहकार्यमा आयोजित कार्यक्रममा बैंकका कर्मचारी, ग्राहक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो। बाढीका कारण प्रभावित क्षेत्रमा […]

  4. बाढीबाट घाइतेलाई नेपाल रेडक्रस सोसाइटीले निःशुल्क रगत उपलब्ध गराउने

    १४ भदौ, काठमाडौं । नेपाल रेडक्रस सोसाइटी ले बाढीबाट घाइतेको उपचारका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ । भदौ १० गते आएको बाढीबाट घाइते भई विभिन्न अस्पतालमा उपचाररत बिरामीलाई निःशुल्क रगत उपलब्ध गराइने नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष विशाल भण्डारीले जानकारी गराए । साथै, शव पहिचान भएका र आर्थिक समस्यामा रहेका परिवारलाई रेडक्रसले शव बोक्नका […]

  5. रसुवा बाढीपीडितको सहयोगमा लाम्पाटीमा रक्तदान, ४० जनाले दिए रगत

    काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवालगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि बाढीपीडितको सहयोगका लागि काठमाडौंको कलंकी–लाम्पाटीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। लाम्पाटी टोल विकास समितिको आयोजनामा शुक्रबार भएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन्। विपद्को समयमा मानवीय सहयोग आवश्यक पर्ने भन्दै स्थानीयवासी तथा समाजसेवीहरूको सहभागितामा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सहभागी हुन […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.