Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

बाढीपीडितको राहतका लागि अन्तर्राष्ट्रिय झापाली समाजद्वारा १५ लाख रुपैयाँ सहयोग

भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय झापाली समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। समाजका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाईंको अध्यक्षतामा बसेको भर्चुअल बैठकले उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो। महासचिव चिरन खवासका अनुसार समाजले प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडितको उद्धार र राहतमा सहयोग पुर्‍याउने लक्ष्य राखेको छ।

3 publishers · 3 headlines · developing over 8 hours
Broke firstPradesh Khabar logoPradesh Khabar

विपत्तिमा अन्तर्राष्ट्रिय झापाली समाजको १५ लाख सहयोग

झापा : प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय झापाली समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। समाजको आइतबार सम्पन्न बैठकले विपत्तिबाट प्रभावित परिवारलाई राहत तथा सहयोग

archives3 publishers
Coverage

2 more headlines since

first · 2d agolatest · 2d ago
  1. बाढीपीडितका लागि अन्तर्राष्ट्रिय झापाली समाजको १५ लाख सहयोग

    भद्रपुर (झापा), भदौ १४ गते । भोटेकोशी बाढीपीडितको राहत तथा पुनः स्थापनाका लागि अन्तर्राष्ट्रिय झापाली समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख सहयोग गर्ने भएको छ । शनिब...

  2. बाढीपीडितका लागि अन्तरराष्ट्रिय झापाली समाजको १५ लाख सहयोग

    भद्रपुर– भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि अन्तरराष्ट्रिय झापाली समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । शनिबार समाजका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाईंको अध्यक्षतामा बसेको भर्चुअल बैठकले उक्त रकम प्रदान गर्ने निर्णय गरेको महासचिव चिरन खवासले जानकारी दिए । समाजले बाढीपहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडितको उद्धार, राहत र पुनः […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.