धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
१५ भदौ, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका-५ डुकुर्तिमा आइतबार साँझ टिप्पर र मोटरसाइकल एकआपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ । आइतबार साँझ ५ः४० बजे तम्घासबाट सिमलटारीतर्फ जाँदै गरेको लु१क ४४४८ नम्बरको टिप्पर र विपरीत दिशाबाट आउँदै गरेको लु६प २७२६ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालक इस्मा गाउँपालिका-६ अमरपुरका ३२ वर्षीय धनिश्वर बस्नेत गम्भीर घाइते भएका […]

