
नेपाली भूमिमा भारतीय गाउँको नाम लेखिएको बोर्ड, सच्याउन माग
दार्चुला- दार्चुलाको महाकाली नगरपालिका–८ असिगडास्थित नेपाल–भारत जोड्ने मोटरेबल पुलको नेपालतर्फ राखिएको होर्डिङ बोर्डमा भारतीय गाउँ लेखिएपछि विरोध भएको छ। महाकालीमाथि बनेको उक्त पुलको नेपालतर्फ नेपाली ठेगानाको सट्टा भारतीय गाउँ ‘छार्चुम’ लेखिएपछि स्थानीयले विरोधसहित सच्याउन माग गरेका छन्। पुलको नेपालतर्फ राखिएको बोर्डमा ‘महाकाली–८, असिगडा, दार्चुला, नेपाल’ लेखिनुपर्नेमा ‘काली नदी छार्चुम’ उल्लेख गरिएको छ। नेपाली भूमिमा निर्माण […]
