हलिउडको लोकप्रिय ‘फास्ट एन्ड फ्युरियस’ अब टिभी श्रृंखलाको रुपमा आउने
लस एन्जलस (भेराइटी) । लोकप्रिय हलिउड फ्रेन्चाइज ‘फास्ट एन्ड फ्युरियस’ अब नयाँ स्क्रिप्टेड टेलिभिजन सिरिजका रूपमा आउने भएको छ । ओटीटी प्लाटफर्म पिककले बिहीबार यो फ्रेन्चाइजमा आधारित नयाँ सिरिज निर्माणका लागि औपचारिक रूपमा ग्रिनलाइट दिएको घोषणा गरेको हो । यस वर्षको सुरुमा एनबीसीयुनिभर्सलको ‘अपफ्रन्ट्स’ कार्यक्रममा यो सिरिज विकासको चरणमा रहेको पहिलोपटक सार्वजनिक गरिएको थियो । […]
