Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

कैदहद सुविधा पाएका कैदीलाई प्यारोल नरोक्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कैदहदको सुविधा पाएका कैदीलाई प्यारोल सुविधाबाट वञ्चित गर्न नमिल्ने फैसला गरेको छ । कैदहदको सुविधा पाएकै आधारमा प्यारोल रोक्नु कानुनसम्मत नहुने ठहर गर्दै अदालतले संघीय प्रोबेसन तथा प्यारोल बोर्डको निर्णय उल्ट्याएको हो । दुई फरक कसुरमा कैद सजाय तोकिएको अवस्थामा अधिकतम कैद अवधिभित्र अर्को कसुरको छोटो कैद अवधि समायोजन हुने व्यवस्थालाई कैदहद भनिन्छ, जसलाई अदालतले सुविधा नभई अधिकार भएको व्याख्या गरेको छ । मापदण्ड पुरा गरेका कैदीहरूको प्यारोलबारे निर्णय गर्न अदालतले आदेश दिएको छ ।

2 publishers · 2 headlines · developing over 3 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

‘कैदहद पाएका कैदीहरूलाई प्यारोलको सुविधा रोक्न मिल्दैन’

ठूलो कैदमा सानो सजाय गाभिने ‘कैद हद’लाई सुविधा भन्न नमिल्ने व्याख्यासहित सर्वोच्च अदालतले मापदण्ड पुरा गरेका कैदीहरूलाई प्यारोलको सुविधाबारे निर्णय गर्न आदेश दिएको हो ।

Coverage

1 more headline since

  1. महान्यायाधिवक्ताको निर्णय उल्ट्याउँदै सर्वोच्चको परमादेश- ‘कैद हद अधिकार हो, सुविधा होइन’

    काठमाडौँ– सर्वोच्च अदालतले कैदहदको सुविधा पाएका कैदीलाई प्यारोल सुविधाबाट वञ्चित गर्न नमिल्ने फैसला गरेको छ । कैदहदको सुविधा पाएकै आधारमा प्यारोल रोक्नु कानुनसम्मत नहुने ठहर गर्दै अदालतले संघीय प्रोबेसन तथा प्यारोल बोर्डको निर्णय उल्ट्याएको हो । दुई फरक कसुरमा कैद सजाय तोकिएको अवस्थामा अधिकतम कैद अवधिभित्र अर्को कसुरको छोटो कैद अवधि समायोजन हुने व्यवस्थालाई ‘कैद […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.