Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 4d agolast: 2d ago

पत्रकार धरपकडबारे प्रधानमन्त्री कार्यालय र प्रहरीका वक्तव्य बाझिए

शुक्रबार सञ्चार क्षेत्रमा भएको पत्रकार धरपकडको घटनामा प्रधानमन्त्री कार्यालय र नेपाल प्रहरीका वक्तव्य बाझिएका छन्। नेपाल प्रहरीले राति वक्तव्य जारी गर्दै प्रधानमन्त्री कार्यालयको चासोपछि साइबर ब्युरो खटाइएको स्पष्ट पारेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले पत्रकार पक्राउ गर्ने निर्देशन कसले दियो भनी प्रधानमन्त्री कार्यालयलाई प्रश्न गरेकी छन्। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि उक्त प्रकरणमा अनभिज्ञता प्रकट गरेको छ।

5 publishers · 8 headlines · developing over 2d 9h
Broke firstOnlineKhabar logoOnlineKhabar

पत्रकार धरपकडबारे प्रहरी : प्रधानमन्त्री कार्यालयको चासोपछि साइबर ब्युरोमा बोलाइएको हो

उक्त प्रकरणमा प्रधानमन्त्रीको सचिवालय र सत्तारुढ दल रास्वपाले अनभिज्ञता प्रकट गरेको थियो । तर प्रहरीले राति वक्तव्य जारी गर्दै प्रधानमन्त्री कार्यालयकै चासो पछि खटिएको प्रस्ट्याएको हो ।

Coverage

7 more headlines since

  1. ‘मिडिया हाउस’ मा सरकारको नाङ्गो नाच : प्रेस र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रयास

    मिडिया हाउसमा प्रहरी प्रवेश गरी पत्रकारलाई धरपकड र पक्राउ गरेको विषयमा प्रधानमन्त्रीका सचिवालय वा सल्लाहकारको स्ट्याटस आएर मात्र हुँदैन ।

  2. बेनलाई प्रधानमन्त्रीको रिप्लाई: कुपण्डोल जाने मात्र पत्रकार अरु कलाकार

    पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्रीको सचिवालयमाथि प्रश्न उठिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) स्वयं सामाजिक सञ्जालको बहसमा जोडिएका छन्।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs8 publishers
  3. पत्रकारको सूची बाहिरिएको दाबीमा कुमार बेनको व्याङ्ग्य- २८ जनामा को-को पर्‍या हो ?

    काठमाडाैँ – शुक्रबार पत्रकारमाथि प्रहरीले गरेको धरपकड र हस्तक्षेपको घटनालाई लिएर सरकारको सर्वत्र आलोचना भइरहेको छ । यता प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले भने यो गम्भीर विषयमा व्याङ्ग्य गर्दै टिप्पणी गरेका छन्। आइतबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत उनले २० जना पत्रकारलाई मेन्सन गर्दै लेखेका छन्, ‘यो २८ जना पत्रकारमा को–को पर्‍या हो । २८ […]

  4. पत्रकार धरपकडविरुद्ध मिडिया अलाइन्सको आपत्ति

    काठमाडौँ, (नेस) । समाचार कक्षमै प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड र त्यसपछि पत्रकारहरूलाई प्रहरी कार्यालयमा बोलाइएको घटनाप्रति मिडिया अलाइन्स नेपालले गम्भीर आपत्ति जनाएको छ । प्रधानमन्त्री कार्यालयको चासोका आधारमा साइबर ब्युरोले पत्रकारहरूलाई बोलाएको प्रहरी प्रवक्ताको स्पष्टीकरण र घटनामा आफ्नो कुनै संलग्नता नरहेको प्रधानमन्त्री कार्यालयको दाबीबीच देखिएको विरोधाभासले सरकारको जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको जिकिर गर्दै मिडिया […]

  5. प्रहरीले भन्यो : प्रधानमन्त्री कार्यालयको निर्देशनमा सञ्चारकर्मीलाई बोलाइएको हो

    सञ्चार क्षेत्रमा शुक्रबार भएको धरपकडको घटनालाई लिएर प्रधानमन्त्रीको सचिवालय र नेपाल प्रहरीको वक्तव्य बाझिएको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs8 publishers
  6. प्रधानमन्त्री कार्यालयलाई ओलीको प्रश्न : पत्रकार पक्राउ गर्ने निर्देशन कसले दियो?

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाबारे प्रधानमन्त्री कार्यालयले अनभिज्ञता जनाएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics8 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.