
द्रौपदीलाई बार डान्सरको रूपमा देखाएपछि विवादमा ‘पाँच पाण्डव’
काठमाडौं– महाभारतका पाँच पाण्डव र द्रौपदीको नामलाई आधुनिक नेपाली समाजसँग जोडेर निर्माण गरिएको फिल्म ‘पाँच पाण्डव’ प्रदर्शनअघि नै विवादमा परेको छ । फिल्मको पछिल्लो गीत ‘राजा चाहिया छ’ सार्वजनिक भएसँगै द्रौपदीको चरित्र प्रस्तुत गरिएको शैलीलाई लिएर सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ । कतिपयले यसलाई धार्मिक आस्थामाथिको अपमान भन्दै फिल्म बहिष्कार गर्नुपर्ने मागसमेत गरेका छन् […]

