
रास्वपालाई हावामा भोट हालिएछ भन्ने कुरामा बुद्धिजीवीहरू प्रस्ट भइसके : प्रचण्ड
बर्दिबास । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रास्वपालाई भोट हाल्नेहरूले हावामा हालिएछ भनेर जनताले बुझ्न थालिसकेको बताएका छन्। महोत्तरीको बर्दिबासमा पत्रकारहरूसँग कुरा गर्दै सरकार अलोकतान्त्रिक भएको आरोप लगाए। उनले भने, ‘आम जनताले पनि सरकारको कार्यशैली बुझ्न थालेका छन्। बौद्धिक समुदाय त स्पष्ट भइसकेकै छ। नेपालका सबै बुद्धिजीवीहरूले कुरा बुझिसके, हावामा भोट हालिएछ, हुरी बतास मात्रै […]
