Skip to content
All stories
StoryNE onlyHotFirst reported 3h ago

शेखर, शशांक र धनराजसहितले देउवा समूह छाडी गगनलाई सभापति स्वीकारे

Senior Congress Leaders Quit Deuba Group, Back Gagan Thapa

Outlets
4
Articles
5
Last 24 h
5
Span
2 hours
Updated
26 min ago
What multiple outlets are saying

नेपाली

सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापालाई दिने अन्तिम फैसला सुनाएपछि निवर्तमान सभापति शेरबहादुर देउवाको समूह संकटमा परेको छ। डा. शेखर कोइराला, डा. शशांक कोइराला र पूर्वउपसभापति धनराजसहित प्रमुख नेताहरूले देउवा समूह छाडी गगनकुमार थापालाई सभापति स्वीकार गरेका छन्। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा देउवा समूह धुम्बाराहीमा भेला भई आगामी रणनीति तय गर्ने प्रयासमा छ।

English

Following the Supreme Court's final verdict recognising Gagan Kumar Thapa as the official president of Nepali Congress, senior leaders including Dr. Shekhar Koirala, Dr. Shashank Koirala, and former vice-president Dhanraj Gurung have left the Deuba faction. The departing leaders stated there is no alternative to accepting Thapa as party president in order to unify the Congress. The Deuba group, now led by acting president Purna Bahadur Khadka, is under increasing pressure as it met at Dhumbarahi to chart its next strategy.

Coverage

5 articles across outlets

  1. Past hour
    1. Nepal Press logo
      Nepal PressPrivate5 outlets

      पार्टी विवाद टुंगिएपछि अब एकतामा केन्द्रित हुनुपर्ने देउवा पक्षको निष्कर्ष

      काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले अब पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्नेमा जोड दिएका छन् । आइतबार काठमाडौंमा बसेको १४औँ महाधिवेशनबाट निर्वाचित सदस्यहरुको छलफलका क्रममा पार्टी विवादका विषयमा अदालतले फैसला गरिसकेको अवस्थामा अव पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्नेमा जोड दिएका हुन् । पार्टीलाई एकतावद्ध गर्न अहिलेको अवस्थामा सानेपाले नै […]

      Read at Nepal Press

  2. 1–3 hours ago
    1. News of Nepal logo

      सर्वोच्चको फैसलापछि देउवा–खड्का समूह रणनीति छलफलमा

      काठमाडौँ। नेपाली काँग्रेसका निःवर्तमान सभापति शेरबहादुर देउवा र निःवर्तमान उपसभापति पूर्णबहादुर खड्का पक्ष काठमाडौंमा छलफलमा जुटेका छन् । सर्वोच्च अदालतले विशेष महाधिवेशनविरूद्ध देउवा–खड्काले दिएको रिट खारेज गरिदिएको थियो । त्यसपछि शनिवार र (आज) आईतवार पनि देउवा–खड्का समूहका नेताहरू छलफलमा छन् । शनिवार खड्का निवास गोल्फुटारमा छलफल भएकोमा आज धुम्बाराहीमा छलफल भएको हो । छलफलमा खड्का, […]

      Read at News of Nepal

    2. Nagarik News logo

      देउवा समूह रक्षात्मक, आगामी रणनीति तय गर्न धुम्बाराहीमा भेला (तस्बिरहरु)

      नेपाली कांग्रेसको आधिकारिकता विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले पाएसँगै निवर्तमान सभापति शेरबहादुर देउवा समूह रक्षात्मक बनेको छ।...

      Read at Nagarik News

    3. Khabarhub logo
      KhabarhubPrivate5 outlets

      देउवा समूह छाडेका धनराज भन्छन् : कांग्रेसलाई एक बनाउन गगनलाई सभापति मान्नुको विकल्प छैन

      काठमाडौं- नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद सर्वोच्च अदालतको अन्तिम निर्णयसँगै नयाँ मोडमा पुगेको छ। शुक्रबार आएको फैसलापछि निवर्तमान सभापति शेबरहादुर देउवा नेतृत्वको समूह संकटमा परेको छ। देउवा समूहको नेतृत्व गरिरहेका कार्यवाहक सभापति पूर्णबहादुर खड्का अहिले सबैभन्दा बढी दबाबमा परेका छन्। यही बीच उक्त समूहका प्रमुख नेताहरू डा. शेखर कोइराला , डा. शशांक कोइराला र पूर्वउपसभापति धनराज […]

      Read at Khabarhub

    4. Khabarhub logo
      KhabarhubPrivate5 outlets

      गगनलाई सभापति स्वीकार्दै शेखर, शशांक र धनराजसहितले छोडे देउवा समूह

      काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकताबारे सर्वोच्च अदालतबाट अन्तिम फैसला आएसँगै तत्कालीन सभापति शेरबहादुर देउवा समूह छोड्ने क्रम सुरू भएको छ। नेपाली कांग्रेसमा मध्यमार्गीका धारका रुपमा परिचित कोइराला परिवारका नेताहरूले देउवा समूह छाडेका हुन् । उनीहरू आइतबार दिउँसो धुम्बाराहीस्थित स्मार्ट प्यालेसमा जारी देउवा समूहको बैठकमा सहभागी भएनन्। विशालनगरस्थित नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा आइतबार बिहान भएको […]

      Read at Khabarhub

Senior Congress Leaders Quit Deuba Group, Back Gagan Thapa · K cha khabar