
कूटनीतिक राहदानीबारे सभामुख र दलका मुख्य सचेतकहरुबीच छलफल हुँदै
काठमाडौँ– सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरुसँग आज छलफल गर्दैछन् । बैठक बिहान १० बजे सिंहदरबारस्थित संसद सचिवालयको कानून समितिको हलमा हुनेछ । बैठकमा कूटनीतिक राहदानी सिफारिसलगायतका विषयमा छलफल हुने बताइएको छ ।
