Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyfirst: 1 Maylast: 1 May

लुम्बिनीमा वर्षाकाबीच २५७०औं बुद्ध जयन्ती सम्पन्न

2570th Buddha Jayanti celebrated in Lumbini amid rain

बुद्ध जन्मस्थल रूपन्देहीको लुम्बिनीमा शुक्रबार २५७०औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाइयो। वर्षाका कारण बिहानी कार्यक्रम प्रभावित भए र मायादेवी मन्दिरमा भक्तजन तथा पर्यटकको संख्या घट्यो। प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित रहेपछि सभामुख डोलप्रसाद अर्याल (डीपी) सहभागी भए। लुम्बिनी विकास कोषले शान्तिमा केन्द्रित सामान्य समारोह आयोजना गर्यो।

The 2570th Buddha Jayanti and Lumbini Day were observed at the Buddha's birthplace in Lumbini, Rupandehi, on Friday. Morning events were delayed by rain, reducing the number of devotees and tourists at the Maya Devi Temple. Prime Minister Balendra Shah did not attend, and Speaker Dolprasad Aryal (DP) participated instead. The Lumbini Development Trust organized a modest ceremony focused on peace.

Summary by Deepak

4publishers
4headlines
Span: 6 hoursNE onlyUpdated 1 May
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

बुद्ध जयन्तीमा लुम्बिनी आएका पर्यटक वर्षाले प्रभावित (तस्वीरहरु)

१८ वैशाख, बुटवल । गएरातिदेखि वर्षाले बुद्धजयन्तीको अवसरमा बुद्धको जन्मस्थल लुम्बिनी दर्शन गर्न आएका आन्तरिक एवं बाह्य पर्यटकहरु प्रभावित भएका छन् । वर्षाले मायादेवी मन्दिर दर्शन गर्न आउने भक्तजन र पर्यटकको संख्यामा कमी देखिएको छ । बुद्धजयन्तीको अवसरमा लुम्बिनी मायादेवी मन्दिर परिसरमा शुक्रबार २५७० औँ बुद्धजयन्ती विशेष कार्यक्रम गरी मनाइँदैछ । लुम्विनी विकास कोषले शान्तिका […]

Coverage

3 more headlines since

    1. बुद्धजयन्तीमा लुम्बिनीमा देखिएन रौनक, सभामुख र पर्यटनमन्त्री नबोली फर्किए

      बुटवल। बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित २५ सय ७० औ बुद्ध जयन्ती कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह नआएको र आएका सभामुख र पर्यटन मन्त्री पनि सार्वजनिक रुपमा मन्तव्य नदिई फर्किएकोमा बुद्ध जयन्ती समारोहमा सहभागीहरुले खल्लो भएको सुनाएका छन् । त्यसमाथि वर्षाका कारण समेत कार्यक्रम प्रभावित हुँदा बुद्ध जयन्तीको यस वर्ष रौनक देखिएन । कार्यक्रम खल्लो भएपछि सरोकार […]

    2. बुद्ध जन्मस्थल लुम्बिनीमा मनाइयो २५७० औँ बुद्ध जयन्ती

      कपिल ज्ञवालीसिद्धार्थनगर,वैशाख १८ गते । बुद्ध जन्मस्थल रूपन्देहीको लुम्बिनीमा बुद्ध जयन्ती मनाइएको छ ।आज बिहान ५ बजेकालागि निर्धारित कार्यक्रम वर्षाकाकारण प्रभावित भएपछि बिहान साढे...

    3. लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती

      बुटवल- २५७० औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस शुक्रबार मनाइएको छ। लुम्बिनी विकास कोषले यो वर्ष सामान्य कार्यक्रम गरि बुद्वजयन्ती मनाएको हो। विगतका वर्षमा सरकार वा राष्ट्रप्रमुख मध्ये एक जना बुद्ध जयन्तीमा सहभागी हुने प्रचलन थियो । तर, यो वर्ष भने प्रधानमन्त्री वालेन्द्र शाह अन्तिममा कार्यक्रममा उपस्थित भएनन्। प्रधानमन्त्री नआउने भएपछि अन्तिममा सभामुख डोलप्रसाद अर्याल (डीपी) […]

2570th Buddha Jayanti celebrated in Lumbini amid rain · K cha khabar