Skip to content
kchakhabarehकेखबर
All publishers

Publisher

Himal Press

Himal Press logo
PrivateNepalne

हिमल प्रेस

Young digital-native portal launched in 2021/22, with stated mission of "keeping vigil on state organs and making them accountable to people." Covers politics, elections, economy, sports, health, culture, and all seven provinces. Maintains a bilingual presence with an English edition at en.himalpress.com. Still building audience (~6K Twitter followers).

24 h
47
7 days
410
Stories
6
Last pub
9 min ago
Covers stories with
Cross-publisher stories

Stories Himal Press covered alongside other publishers

All stories
6stories5 co-publishers involved114 total headlines

Trending topics · last 24 h

Recent headlines

20+ headlines ingested

47 in 24 h
Past hour

सधैँ सत्तामा रहिरहने भ्रमबाट मुक्त हुन सरकारलाई पुनको सुझाव

काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले सत्तामा रहिरहने भ्रमबाट मुक्त हुन सरकारलाई सुझाव दिएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पुनले लोकतन्त्रमा आवधिक निर्वाचनमार्फत सत्ता फेरबदल भइरहने स्मरण गराउँदै कार्यालयका भित्तामा झुण्डिएका पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीका तस्बिर हेरेर सधैँ सत्तामा रहिरहने भ्रमबाट मुक्त हुन सुझाव दिएका हुन्। उनले सरकारलाई दम्भी, अहंकारी र धम्कीपूर्ण […]

2 publishers

‘महाधिवेशन स्थगन गरौँ, एकताका लागि पहल गरौँ’

काठमाडौँ- नेपाली कांग्रेसका दुई पक्षले छुट्टाछुट्टै १५ औँ महाधिवेशन गर्नतर्फ अगाडि बढिरहेका बेला पार्टीका केही नेताहरूले एकताका लागि आह्वान गरेका छन्। राजनीतिक अवस्था तरल र चुनौतीपूर्ण बन्दै गएको भन्दै उनीहरूले पार्टीका दुवै समूहलाई एकता गरेर अगाडि बढ्न आह्वान गरेका हुन्। महालक्ष्मी उपाध्याय (डिना), सुरेन्द्र पाण्डे, जीवनबहादुर शाही, मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडा, नैसिंह महरलगायतका नेताहरूले शुक्रबार […]

8 publishers
1–3 hours ago

गजेन्द्रनारायण सिंह अस्पतालको घटना छानबिन गर्न टोली परिचालन भइसकेको छ : स्वास्थ्यमन्त्री

काठमाडौँ- स्वास्थ्यमन्त्री निशा मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटनाको छानबिन गर्न छानबिन टोली गठन गरी परिचालन गरिसकिएको जानकारी दिएकी छन्। सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समिति बैठकमा मन्त्री मेहताले घटना सार्वजनिक हुनेबित्तिकै नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रारको नेतृत्वमा पाँच सदस्यीय ‘एथिकल कमिटी’ र मन्त्रालयको ११ औँ तहका […]

निजी क्षेत्रका समस्या सुन्न प्रधानमन्त्रीले थाले नियमित संवाद

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्। उनले लगानी र व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्। सिंहदरबारमा शुक्रबार उद्यमी तथा व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री शाहले उद्योग-व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या र चुनौतीबारे जानकारी लिएका थिए। छलफलमा […]

राहत शिविरमा हेल्प डेस्क राख्न सरकारलाई निर्देशन

काठमाडौँ- रसुवा बाढीबाट प्रभावित महिला, किशोरी, बालबालिका, अपांगता भएका व्यक्ति तथा अन्य जोखिमयुक्त समूहलाई यौन शोषण, लैंगिक हिंसा, दुर्व्यवहार र मानव बेचबिखनबाट जोगाउन प्रत्येक राहत शिविर तथा अस्थायी आश्रयस्थलमा ‘हेल्प डेस्क’ र सम्पर्क व्यक्ति राख्न सरकारलाई निर्देशन दिइएको छ। प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले महिला मन्त्रालयलाई गोपनीयता र मर्यादा कायम गर्दै […]

बाढी प्रभावित क्षेत्रमा सात स्वास्थ्य टोली परिचालन, होल्डिङ सेन्टरमा घुम्ती स्वास्थ्य सेवा दिन निर्देशन

काठमाडौँ- महामारी तथा सम्भावित रोगको प्रकोप नियन्त्रणका लागि सरकारले रसुवा, नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रमा सातवटा स्वास्थ्य टोली परिचालन गरेको छ। झाडापखाला तथा हैजाको जोखिमलाई दृष्टिगत गर्दै नुवाकोटमा ८० हजार ५ सय २३ र रसुवामा २१ हजार ६ सय डोज गरी एक लाखभन्दा बढी डोज पठाइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य […]

निजी क्षेत्रप्रति प्रधानमन्त्री अनुदार देखिए : कांग्रेस सभापति थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको बताएका छन्। गिरिजाप्रसाद कोइराला फाउन्डेसनले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले वर्तमान प्रधानमन्त्रीले निजी क्षेत्रलाई मन नपराउने र उपेक्षा गर्ने गरेको बताएका हुन्। थापाले दुग्ध विकास संस्थान, हेटौँडा कपडा कारखाना तथा नेपाल औषधि लिमिटेड जस्ता सार्वजनिक संस्थानहरूको सञ्चालन र नाफाप्रति शुभेच्छा रहे […]

हाम्रो पात्रो प्रयोगकर्ताबाट विपद् कोषमा एक करोड २५ लाख सहयोग

काठमाडौँ- हाम्रो पात्रोका प्रयोगकर्ताहरूले सामूहिक रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु। १ करोड २५ लाख सहयोग गरेका छन्। नेपालमा हालै भएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम जुटाइएको हो। हाम्रो पात्रो कम्युनिटिका तर्फबाट उक्त सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। […]

रसुवा बाढीपीडित १३२ बालबालिकाको काठमाडौँमा पठनपाठन सुरु

काठमाडौँ- रसुवा बाढीबाट विस्थापित बालबालिकालाई विद्यालय पठाउन सुरु गरिएको छ। बाढीबाट विस्थापित भई काठमाडौँमा रहेका १३२ बालबालिकालाई गीतामाता स्कुल, डल्लुमा पढाउन सुरु गरिएको छ। काठमाडौँ महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डंगोललले वचन र व्यवहारले बालबालिकालाई आत्मिय व्यवहार गरी पढाउन आग्रह गरिन्। नागार्जुनस्थित पहेँलो गुम्बामा आश्रित विद्यार्थीलाई प्रोत्साहित गर्न कार्यपालिका सदस्य, जनप्रतिनिधि, शिक्षा विभागका अधिकारी विद्यालय पुगेका […]

3–12 hours ago

रसुवाका दुर्गम क्षेत्रमा राहत नपुगेको गुनासो आए सम्पर्क गर्न मन्त्री पुनको आग्रह

काठमाडौँ- विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले रसुवा जिल्लाका केही दुर्गम बस्तीमा राहत सामग्री अझै नपुगेको जानकारी आएको भन्दै आवश्यक विवरण उपलब्ध गराउन स्थानीय समाजसेवी तथा जनप्रतिनिधिलाई आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल गर्दै मन्त्री पुनले राहत नपुगेका स्थानका स्थानीयले आफूलाई ९८४१५९२३६१ नम्बरमा सम्पर्क गर्न सक्ने बताएका छन्। उनले स्थानीय समाजसेवी तथा जनप्रतिनिधिलाई आधिकारिक […]

बुटवलका उद्योगीलाई चुनाव लाग्यो, वडाध्यक्ष पनि उम्मेदवार बन्ने दौडमा

बुटवल- बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी सुरु भएको छ। असोज २१-२३ गते हुने २६ औँ अधिवेशनबाट चयन हुने नेतृत्वका लागि आकांक्षी उद्योगी व्यवसायीहरूले गृहकार्य थालेका हुन्। बुटवलको अग्रणी संस्थाका रुपमा परचित बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा तीन जना मुख्य आकांक्षी देखिएका छन्। वर्तमान वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेले अध्यक्षमा आफ्नो स्वाभाविक […]

उद्योगीसँग छलफलमा प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार उद्यमी तथा व्यवसायीहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्रीसँगको छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको छलफलमा मुलुकको आर्थिक अवस्था, उद्योग व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे […]

पाठ्यक्रम परिमार्जन : बालविकास शिक्षालाई विद्यालय संरचनामा ल्याउन सुझाव

भक्तपुर- ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप,२०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित कार्यशालाबाट पाठ्यभार घटाउनुपर्ने, शिक्षालाई रोजगार तथा उद्यमशीलतामुखी बनाउनुपर्ने र नयाँ प्रविधिसहित कृत्रिम बौद्धिकता (एआई)लाई पाठ्यक्रममा समेट्नुपर्ने सुझाव प्राप्त भएका छन्। पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय पाठ्यक्रम परिमार्जन प्रयोजनार्थ सातै प्रदेशमा आयोजना गरेको कार्यशालामा सहभागीले वर्तमान पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी र स्थानीय आवश्यकता अनुकूल बनाउनुपर्नेमा जोड दिएका हुन्। कोशी […]

एकैदिन सुनको मूल्य तोलामा ४ हजार ८ सय घट्यो

काठमाडौँ- एकैदिन सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ तोकेको छ। अघिल्लो दिन ३ लाख ५ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। यो साताको पहिलो दिन आइतबार सुनको मूल्य ३ लाख ७ हजार ४ सय रुपैयाँ […]

प्रधानमन्त्री शाह र न्युजिल्यान्डका समकक्षी क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजिल्यान्डका समकक्षी क्रिस्टोफर लक्सनबीच शुक्रबार टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा प्रधानमन्त्रीले रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यहरू तीव्र पारिएको बताए। उनले बेपत्ता सबै नागरिकहरूको खोजी कार्यलाई पनि प्राथमिकतामा राखिएको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उनले न्युजिल्यान्डले उपलब्ध गराएको २० लाख न्युजिल्यान्ड डलर बराबरको मानवीय सहायताप्रति […]

शिक्षामन्त्रीभन्दा ठूलो ‘नेपोबेबी’ कोही छैन : अमरेशकुमार सिंह

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलप्रति लक्षित तीखा टिप्पणी गरेका छन्। पोखरेल पनि रास्वपाकै नेता हुन्। सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले शिक्षामन्त्रीलाई देशकै सबैभन्दा ठूलो ‘नेपोबेबी’ भएको आरोप लगाए। ‘शिक्षामन्त्रीभन्दा ठूलो नेपोबेबी यो देशमा कोही छैन। छ भने मलाई देखाइदिनुस्। चाहे मामावलीपट्टि हेर्नुस्, चाहे बुबापट्टिबाट हेर्नुस्,’ सिंहले […]

सोलुखुम्बुको हुङ्गा खोलामा पहिरो खसेर ड्याम बन्यो, नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौँ- सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित हुङ्गा खोलामा पहिरो खसेर खोलामा ड्याम बनेपछि नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ । नेपाल प्रहरीका अनुसार शुक्रबार बिहान करिब ७ बजे महाकुलुङ गाउँपालिका-२ र ४ नम्बर वडाको हुङ्गा खोलामा पहिरो खसेको हो। गौरीशंकर हाइड्रोपावरको हेड अफिसबाट करिब १०० मिटर तल वडा नम्बर २ तर्फ करिब ३५ मिटर अग्लो […]

चिलिमे सुरुङभित्र फसेका व्यक्ति सकुशल रहेको आशा छ : कुलमान घिसिङ

काठमाडौँ- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वऊर्जामन्त्री कुलमान घिसिङले चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीको उद्धार कार्य भइरहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत घिसिङले आफू उद्धार कार्यमा सहभागी भएको जानकारी दिँदै चिलिमे जलविद्युत कम्पनीको पूर्वप्रबन्ध निर्देशकका रूपमा विद्युतगृह सञ्चालनको अनुभवका आधारमा उद्धार टोलीलाई आवश्यक प्राविधिक सुझाव, समन्वय र सहजीकरण गरिरहेको बताएका हुन्। उनका अनुसार विद्युतगृह […]

सातवटै प्रदेशका शिक्षा हेर्ने मन्त्रीहरूसँग शिक्षामन्त्री सस्मित पोखरेलले गरे छलफल

काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने मन्त्रीहरूसँग शिक्षा र खेलकुद क्षेत्रमा संघ र प्रदेश सरकारबीचको सहकार्य तथा समन्वय थप प्रभावकारी बनाउने विषयमा छलफल गरेका छन्। मन्त्रालयका अनुसार छलफलमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना, प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम विधेयक, विपद्का समयमा अन्तरसरकारी सहकार्य तथा समन्वयलगायतका विषयमा विचार विमर्श भएको थियो। […]

थाक्दैन बाबाको काँध

हो बाबाको काँध कहिल्यै थाक्दैन किनभने बाबाको काँधले थाक्नै पाउँदैन लस्त भए पनि पटक्कै थाक्दैन बाबाको काँध किनभने बाबाको काँधलाई थाक्ने अनुमति नै छैन परिवारको जिम्मेवारीबोधको भार छ बाबाको काँधमा यसैले थाक्नु हुन्न बाबाको काँध यदि थाके बाबाको काँध भोको बन्छ परिवारको पेट! अधुरा अपुरा बन्छन् इच्छा परिवार र सन्तानको! हो बाबाको काँध थाक्दैन त्यो […]