सुनका गरगहना चोरीमा संलग्न ३ जना पक्राउ
सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सिन्धुलीको दूधौली नगरपालिकाका ३० वर्षीय धनबहादुर भन्ने दानबहादुर तामाङ, ३३ वर्षीय सन्तोष भन्ने प्रेमलाल घिसिङ र ३८ वर्षीय राजु तामाङ रहेका छन् ।उनीहरूलाई धरान उपमहानगरपालिकाको बरगाछीस्थित एक होटलमा लुकीछिपी बसेको अवस्थामा शनिबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले
