Skip to content
kchakhabarehकेखबर
All publishers

Publisher

Lokaantar

Lokaantar logo
PrivateNepalne

लोकान्तर

Digital-native analysis-driven portal launched in May 2016 by journalist Bimal Gautam. One of Nepal's highest-traffic Nepali-language sites (~1.7M Facebook followers) with a stated "Facts, not Fabrication" identity; positions long-form analysis and investigative pieces over breaking news. Also maintains an English edition at english.lokaantar.com.

24 h
83
7 days
571
Stories
6
Last pub
1 min ago
Covers stories with
Cross-publisher stories

Stories Lokaantar covered alongside other publishers

All stories
6stories5 co-publishers involved109 total headlines

Trending topics · last 24 h

Recent headlines

20+ headlines ingested

83 in 24 h
Past hour

वरुण बेभरेजका कर्मचारीले बाडीपीडितलाई दिए एक दिनको तलब

रसुवाको भोटेकोशीको बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि वरुण बेभरेजका कर्मचारीले एक दिनको तलब सहयोग गरेका छन् ।नेपालको लागि पेप्सीकोलाको आधिकारिक उत्पादक तथा वितरक वरुण बेभरेजका कर्मचारीहरूले एक दिनको तलब सङ्कलन गरी आर्थिक सहयोग गरेका हुन् ।रसुवा लगायत क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्‌बाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीमा कार्यरत कर्मचारीले उक्त रकम सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका

story

एमाले पुनर्गठन कार्यदलमा दुई प्रतिवेदन, एकीकृत बनाउन छलफल हुँदै

नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक शुक्रबारबाट शुरू भएको छ । शुक्रबारको बैठकमा पार्टी उपाध्यक्ष र महासचिवले तयार पारेको प्रतिवेदन वितरण भएको छ ।पार्टीको आजको बैठकमा उपाध्यक्ष रामबहादुर थापा 'बादल' र कार्यदल सदस्य सचिव तथा पार्टी महासचिव शंकर पोखरेलले तयार पारेको फरक-फरक दुई प्रतिवेदन वितरण भएको हो ।पार्टी सचिव तथा कार्यदल सदस्य शेरधन राईका अनुसार उक्त प्रतिवेदन अध्ययन गरेर आइतबारदेखि बैठक निरन्तर बस्ने छ ।‘प्रतिवेदन होइन त्यसको ड्राफ्ट चाहिँ आएको हो । त्यसलाई अध्ययन गर्ने, हामी सद

story15 publishers

महाधिवेशन कार्यतालिका स्थगित गरेर संवाद गर्न कांग्रेसका २५ नेताको अपिल

नेपाली कांग्रेसका केन्द्रीय नेताहरूले १५औँ महाधिवेशनको कार्यतालिका स्थगन गरेर वार्ता र संवादलाई अघि बढाउन माग गरेका छन् ।शुक्रबार २५ केन्द्रीय नेताहरूले सामूहिक अपिल जारी गर्दै संस्थापन र असन्तुष्ट समूहबाट आएको कार्यतालिका स्थगन गर्नुपर्ने माग गरेका छन् ।पूर्वसहमहामन्त्री डिना उपाध्याय‚ गण्डकी प्रदेशका पूर्वमुख्य मन्त्री सुरेन्द्र पाण्डेलगायतले विज्ञप्ति जारी गर्दै पार्टीको असन्तुष्टि हटाउन र संवाद गर्न सभापति गगन थापासमक्ष अनुरोध गरेका हुन् ।सभापति गगन थापालाई नै अगाडि राखेर उनीहरूले

story8 publishers

यूएस ओपन टेनिस : साबालेन्का र रायबाकिनाबीच ‘ब्लकबस्टर’ उपाधि भिडन्त

चर्चित ग्रान्ड स्लाम टेनिस प्रतियोगिता यूएस ओपनको उपाधिका लागि विश्वका शीर्ष दुई वरीयताप्राप्त खेलाडी आमनेसामने हुने भएका छन् ।रोमाञ्चक सेमिफाइनल खेलमा जित निकाल्दै एरिना साबालेन्का र एलेना रायबाकिनाले आपसमा उपाधि भिडन्त पक्का गरेका हुन् ।आगामी सोमबार सार्वजनिक हुने नयाँ विश्व वरीयतामा शीर्ष स्थान ओगट्न निश्चित भएकी कजाकिस्तानकी रायबाकिनाले सेमिफाइनलमा अमेरिकी खेलाडी कोको गफलाई कडा प्रतिस्पर्धापछि पराजित गरेकी हुन् ।पहिलो सेट गुमाएर पनि उत्कृष्ट पुनरागमन गर्दै रायबाकिनाले ३–६, ६–४, ६

story7 publishers

फूटपाथमै शिशु जन्मिएको घटनाको नालीबेली– कसले निकाल्यो अस्पतालबाट ?

सप्तरीको राजविराजस्थित सरकारी स्वामित्वमा रहेको गजेन्द्र नारायण सिंह अस्पताल परिसरअगाडिको फुटपाथमा एक विपन्न महिलाले शिशुलाई जन्म दिनुपरेको अमानवीय र संवेदनशील घटनाले देशव्यापी रूपमा चर्चा पाएको छ ।सरकारी अस्पतालमा प्रसूति गराउन पुगेकी निरक्षर तथा विपन्न दलित परिवारकी महिलाले अस्पतालको ढोकानजिकै सडक पेटीमा बच्चा जन्माउनुपर्ने स्थिति सिर्जना हुनुले राज्यले सञ्चालन गरेको 'सुरक्षित मातृत्व तथा आमा सुरक्षा कार्यक्रम' को प्रभावकारिता एवं स्वास्थ्यकर्मीको व्यावसायिक नैतिकतामाथि नै ठूलो प्रश्नच

story20 publishers

निजी क्षेत्रले मन फुकाएर लगानी गरेनन्, धितोपत्र बजारले दुईतिहाइको सरकारलाई किन पत्याएन : वर्षमान पुन

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता वर्षमान पुनले निजी क्षेत्रलाई थर्काउने धम्क्याउने र तर्साउने काम बन्द गर्न सरकारसँग माग गरेका छन् ।शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनले निजी क्षेत्रको मनोबल गिराउने हो भने लगानी कसरी बढ्छ भन्दै प्रश्न गरे ।‘कोही मन्त्री खुट्टा भाँच्ने भन्नुहुन्छ । कोही थुन्ने भन्नुहुन्छ । कोही पाता कस्ने भन्नुहुन्छ । यस्तो त्रासपूर्ण वातावरणमा निजी क्षेत्रले कसरी मन फुकाएर लगानी गर्न सक्छ‚’ उनले भने‚ ‘पूर्व अर्थमन्त्रीको हैसियत

story
1–3 hours ago

सरकारलाई रास्वपा सांसद पन्थीको प्रश्न– भिजिट भिसाका नाममा हुने मानव तस्करी किन रोकिएन ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गोविन्द पन्थीले आफ्नै दलको नेतृत्वमा बनेको सरकारको आलोचना गरेका छन् । उनले सरकारको ‘कुहिरोमा हराएको काग’ भएको भन्दै टिप्पणी गरे ।शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले भिटिज भिसाको नाममा हुने गरेको मानव तस्करी रोकिन नसकेको दाबी गरे । साथै उनले सरकार सुशासन ल्याउन प्रतिवद्ध देखिए पनि अपेक्षित परिणाम नदेखिएको बताए ।‘जनताले ग्यास पाएका छैनन् । महँगी आकाशिएको छ । टेबुलमुनीबाट लेनदेन गर्ने बिचौलिया टाउको उचाल्दै छन्&sbq

story

जनताले ग्यास नपाएको भन्दै आफ्नै सरकारविरुद्ध खनिइन् आशिका तामाङ

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले जनताले ग्यास पाउन नसकेको भन्दै आफ्नै सरकारको आलोचना गरेकी छन् ।शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले ‘पसलमा ग्यास छ, तर बेच्न मान्दैन’ भन्दै दैनिक हजारौं कल आउने गरेको बताइन् । साथै उनले देशमा सरकारभन्दा ठूलो माफिया भएको भन्दै प्रश्न उठाइन् ।जनता भोकभोकै बस्नका लागि रास्वपालाई दुईतिहाइ मत नदिएको उनको भनाइ छ ।‘साँच्चिकै ग्यास छैन भने आज अहिलेनै ग्यास छैन भनेर सरकारले घोषणा गरिदिनुपर्‍यो र ज

story6 publishers

संसद्को बजेट अधिवेशन अन्त्य गर्ने तयारी, कार्यव्यवस्था समितिमा छलफल

असोज १६ गतेबाट संसद्को बजेट अधिवेशन अन्त्य गर्ने तयारी भएको छ ।प्रतिनिधिसभा अन्तर्गत कार्यव्यवस्था परामर्श समितिको शुक्रबार बसेको बैठकमा उक्त विषयमा छलफल भएको हो ।बैठकमा सहभागी नेकपाका प्रमुख सचेतक युवराज दुलालले उक्त विषयमा छलफल भएको जानकारी दिए । दुलालका अनुसार चालु महिनाको ३० र ३१ गते तथा असोजको १‚ ५‚ ६‚ ७ र १३‚ १४‚ १५ र १६ गते बैठक चलाएर अधिवेशन अन्त्य गर्ने विषयमा छलफल भएको छ ।‘यही छलफल अनुसार क्यालेन्डर ल्याउने र बढीमा असोज १६ सम्म बैठक चलाएर स

story3 publishers

बाढीपीडितलाई तिलक गैरेको पाँच लाख सहयोग

बाढी तथा पहिरोका कारण प्रभावित बनेका परिवारको सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष तिलकप्रसाद गैरेले पाँच लाख रुपैयाँ उपलब्ध गराएका छन् । उनले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।प्राकृतिक विपत्तिका कारण नागरिकको जनजीवन प्रभावित भइरहेका बेला पीडितलाई राहत पुर्‍याउने उद्देश्यले गैरेले उक्त आर्थिक सहयोग गरेका हुन् ।प्रवासमा रहेर पनि नेपालमा आइपर्ने विपद् तथा सामाजिक समस्याप्रति चासो राख्दै आएका गैरेले संकटको समयमा आ

story

मन्त्री फेरिनुभयो‚ अब नागरिकको घरमा भएको रित्तो सिलिन्डर पनि फेरियोस् : सांसद गुरुङ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद गीता गुरुङले ग्यास अभावका कारण नागरिकले भोग्नुपरेको समस्याबारे सदनमा कुरा उठाएकी छन् ।शुक्रबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सुत्केरी श्रीमतीलाई तातो खाना खुवाउन नसकेको निराशाबीच एक युवाले धोबी खोलामा हाम फालेर आत्महत्या गर्न खोजेको घटनाबारे सरकार जानकार छ कि छैन भन्दै उनले प्रश्न गरिन्।‘नागरिकले नयाँ मन्त्रीभन्दा पनि ग्यास खोजेका छन्,’ गुरुङले भनिन्, ‘मन्त्री त फेरिनुभयो, अब नागरिकको घरमा भएको रित्तो सिलिन्डर पनि फ

story

बाढी प्रभावितलाई बुटवलका व्यवसायी पौडेलको २५ लाख २५ हजार सहयोग

बुटवलका व्यवसायी एवं सामाजिक अगुवा थानेश्वर पौडेलले बाढी प्रभावित नागरिकको राहतका लागि २५ लाख २५ हजार रुपैयाँ सहयोग गरेका छन् । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न जिल्लाका नागरिकको राहतका लागि पौडेलले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । पौडेलले व्यक्तिगतरूपमा यो रकम कोषमा जम्मा गरेको बताए । पौडेल मानव धर्म सेवा समिति बुटवलका स्वयंसेवी र शाइन रेसुंगा डेभलपमेन्ट बैंक सञ्चालक समितिका अध्यक्ष समेत हुन् । ‘रसुवा, धादिङ, नुवाकोटलगा

story508 publishers

मोरङ कारागारभित्र १० लाख नगद भेटियो, कसले पुर्यायो मोबाइल र फलामे रड ?

जिल्ला कारागार मोरङको ‘बी’ ब्लकमा लामो समयदेखि केही कैदीबन्दीको प्रभाव रहेको भन्दै सुरक्षा व्यवस्थामाथि प्रश्न उठ्दै आएको थियो। प्रहरीका अनुसार त्यहाँ सहज रूपमा सर्च गर्नसमेत कठिनाइ हुने गरेको थियो। यही कारण दुई चरणमा ३७ कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गरेपछि बिहीबार प्रहरीले ‘बी’ ब्लकमा सर्च गर्‍यो।सर्चका क्रममा निषेधित दुई थान मोबाइल, आठ वटा फलामे रड र १० लाख ३ हजार १ सय ५५ रुपैयाँ नगद बरामद भएको हो ।जिल्ला सुरक्षा समितिले बुधबार पनि छापा मारेको थियो। बिहीबा

story4 publishers

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटाइएको छ ।स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र कान्ति बाल अस्पतालका विशेषज्ञ चिकित्सकसहितको टोली नुवाकोट पठाउन लागेको हो । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली आज नुवाकोट जाने भएको हो ।प्रभावित क्षेत्रमा स्वास्थ्य टोली परिचालन भई सेवा दिइरहेको भए पनि मातृ तथा नवजात शिशु, बालबालिक

story11 publishers

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डीएनए’ नमूना सङ्कलन

यही भदौ १० गते भोटेकोशीको बाढीमा परी ज्यान गुमाएकाको शव पहिचानका लागि पोखरामा अहिलेसम्म २५ आफन्तको ‘डीएनए’ नमूना सङ्कलन गरिएको छ ।जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा शव पहिचानका लागि उनीहरूका आफन्तको ‘डीएनए’ नमूना सङ्कलन भइरहेको छ । ‘डीनएन’का लागि निवेदन, मञ्जुरीनामा फाराम भर्ने र रगतको नमूना सङ्कलन गर्ने कार्य एकीकृत रूपमा जिल्ला प्रहरी कार्यालयबाट भइरहेको उनले बताए ।बाढीमा परी ज्यान ग

story84 publishers
3–12 hours ago

अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पाँचवटा विशेष प्याकेज अघि बढाउन लागेको बताएका छन् ।नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ वार्षिक साधारणसभामा उनले अर्थतन्त्र सुधारका लागि विभिन्न क्षेत्रलाई समेटेर पाँचवटा प्याकेजमार्फत काम अघि बढाइरहेको जानकारी दिए ।अर्थमन्त्रीले पहिलो प्याकेजअन्तर्गत भोटेकोशी बाढीबाट भएको क्षतिको पुनरुत्थान तथा पुनःस्थापनाका लागि आवश्यक काम भइरहेको बताए । बाढीबाट प्रभावित उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई राहत र पुनःस्थापनाका लागि

story6 publishers

एसियाडका लागि जापान जानेको लर्को– मन्त्री, निजी सचिवदेखि अर्थका कर्मचारी समेत टोलीमा !

२०औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सहभागी हुन नेपालबाट खेलाडीसँगै ठूलो संख्यामा खेल पदाधिकारी र कर्मचारीहरू पनि जापान जाने भएका छन् ।आर्थिक पारदर्शिता र सुशासनको जगमा उभिएको भनिएको वर्तमान सरकारले समेत ठूला अन्तर्राष्ट्रिय प्रतियोगितालाई नतिजामुखीभन्दा पनि पदाधिकारी र कर्मचारीहरूको विदेश सयरकै माध्यम बनाउनुलाई नेपाली खेलकुदको दुर्भाग्यका रूपमा हेरिएको छ ।एसियाली खेलकुदको २०औं संस्करण सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म जापानको आइची–नागोयामा आयोजना हुँदैछ ।प्रतियोगिताको मिति नजिक

story4 publishers

सिंहदरबारमा उद्योगी-व्यवसायीसँग प्रधानमन्त्रीको छलफल, को-को सहभागी छन् ?

प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल थालेका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले छलफल जारी छ । जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ, चन्द्र ढकाललगायत सहभागी छन् । छलफलमा मुलुकको आर्थिक अवस्था, उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।सरकार र निजी क्षेत्र

story12 publishers

प्रज्ञा-प्रतिष्ठानद्वारा आह्वान गीत तयार

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले रसुवा भोटेकोशी बाढीले गरेको अकल्पनीय जनधन र पूर्वाधार क्षतिको पीडामा एकजुट हुन आह्वान गीत निर्मान गरेको छ । गीतमार्फत बाढीका कारण आफन्त जन गुमाएका, उठिबास भएका एवं परिवारजन बेपत्ता भएकाहरूको दुःख र पीडामा सहानुभूति दर्साउँदै उद्धार र सहयोगमा हातेमालो गर्न आह्वान गरिएको छ ।गीतको बोल ‘आऊ बढाऔँ हात...’ रहेको छ । कुलपति ब्रजेश खनालद्वारा रचिएको गीतमा नेपालका अग्रजदेखि नयाँ पुस्ताका उदीयमान गायक गायिकाहरूले&nb

story2 publishers

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह नियुक्त

नेपाल टेलिकमले आफ्नो ब्रान्ड प्रवर्द्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याटर कुशल भुर्तेल र चर्चित मोडल तथा नायिका नीति शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।कम्पनीद्वारा आयोजित छुट्टाछुट्टै कार्यक्रमबीच गत साउन २० गते भुर्तेललाई र भाद्र २५ गते नायिका शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरिएको हो । कार्यक्रममा आफ्नो धारणा राख्दै प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले खेलकुद र मनोरञ्जन क्षेत्रका स्थापित व्यक्तित्वहरू

story7 publishers