Skip to content
kchakhabarehकेछखबर
All publishers

Publisher

Lokaantar

Lokaantar logo
PrivateNepalne

लोकान्तर

Digital-native analysis-driven portal launched in May 2016 by journalist Bimal Gautam. One of Nepal's highest-traffic Nepali-language sites (~1.7M Facebook followers) with a stated "Facts, not Fabrication" identity; positions long-form analysis and investigative pieces over breaking news. Also maintains an English edition at english.lokaantar.com.

24 h
69
7 days
427
Stories
6
Last pub
5 min ago
Covers stories with
Cross-publisher stories

Stories Lokaantar covered alongside other publishers

All stories
6stories5 co-publishers involved147 total headlines

Trending topics · last 24 h

Recent headlines

20+ headlines ingested

69 in 24 h
Past hour

अमेरिका-बेलायतदेखि जापानसम्म नागरिकलाई आपतकालीन बन्दोबस्त गर्न सरकारको उर्दी !

पछिल्लो समय विश्वका धेरै विकसित देशका सरकारहरूले आफ्ना नागरिक र सैन्य निकायहरूलाई कडा निर्देशन जारी गरेका छन्। बेलायतले आफ्ना नागरिकहरूलाई घरमा कम्तीमा ७२ घण्टाको अत्यावश्यक सामान जोहो गर्न भनेको छ भने, अमेरिकाले आफ्ना सैन्य अड्डाहरूलाई ९० दिनसम्म बाह्य आपूर्तिबिना चल्न सक्ने गरी 'फोर्ट्रेस' योजना अगाडि बढाएको छ। जापानले पनि प्राकृतिक प्रकोपहरूका लागि नागरिकहरूलाई एक सातासम्म पुग्ने खानेकुरा र पानी जम्मा गर्न अपील गरेको छ। बेलायती सरकारले 'बी रेडी' अभियान शुरू गर्दै नागरिकहर

story

जनकपुरधाम-अयोध्या विशेष रेल सेवा: बालेनको भारत भ्रमणमा उद्घाटन तयारी

जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । उद्घाटनको मिति तय नभए पनि प्रधानमन्त्रीको भारत भम्रणका क्रममा रेल सेवा उद्घाटन गर्ने तयारी भइरहेको छ ।प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा विशेष रेल सेवाको उद्घाटन गर्नेगरी तयारी भइरहेको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए । 'प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा विशेष रेल सेवाको उद्घाटन गर्ने गरी

story8 publishers
1–3 hours ago

न्यायाधीशहरू विवादमा तानिएपछि फुलकोर्ट बैठक बस्दै

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्चको फुलकोर्ट बोलाएका छन् । बैठक शुक्रबार बिहानका लागि बोलाइएको हो । समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको सर्वोच्च अदालत स्रोतले लोकान्तरलाई जानकारी दियो ।फुलकोर्ट बैठकको विषय नखुलाइए पनि पछिल्लो समय प्रधानन्यायाधीश शर्मा र न्यायाधीश हरि फुयालसँग जोडिएको विवादित विषयमा छलफल हुने स्रोतले बतायो ।विवादास्पद व्यक्ति इनाम सापकोटासँग जोडेर समाचार प्रकाशित भएपछि प्रधानन्यायाधीश शर्माले विज्ञप्तिमार्फत खण्डन गरेका छन् । यस्तै, न्यायाधीश फुयालले पनि स्प

story5 publishers

इनमसँगको कनेक्सनले न्यायाधीशदेखि प्रहरी प्रमुखसम्म विवादमा

'लोकान्तर राउण्ड अप' मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-विचौलिया भनिएका इनम सापकोटासँग कनेक्सन देखिएपछि न्यायाधीशदेखि प्रहरी प्रमुखसम्म विवादमा तानिएका छन् । यो प्रकरणमा नेपाल प्रहरीले सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न खोजिएको दाबी गरेको छ।प्रहरी महानिरीक्षक दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने समाचारप्रति आपत्ति जनाउँदै प्रहरीले बिहीबार जारी गरेको विज्ञप्तिमा संगठनको प्रतिष्ठा र कार्यसम्पा

story9 publishers

कृषि अनुदान दिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी, दुई जना पक्राउ

कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने प्रलोभन देखाएर पाँच करोड ८० लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं महानगरपालिका–१३ ताहाचलका ५२ वर्षीय तिलक बुढाथोकी भन्ने श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४ नखिपोटका ६० वर्षीय प्रेमनारायण खनाललाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार पक्राउ गरेको हो ।उनीहरूले सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीसँग राम्रो चिनजान रहेको र कृषि फार्मका लागि सहुलियत अनुदा

story11 publishers

चुनावले खोस्यो नेतन्याहूको बहुमत, नयाँ सरकार बनाउन विपक्षीको दौडधुप

इजराइलमा हालै सम्पन्न आमनिर्वाचनको मत गणना लगभग सम्पन्न भइसक्दा पनि नयाँ सरकार गठनको परिदृश्य अझै अन्योलग्रस्त बनेको छ। हालसम्मको परिणाम अनुसार प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको गठबन्धनले ५३ सिट पाएको छ भने गादी आइजनकोट नेतृत्वको विपक्षी गठबन्धनले ४८ सिट सुरक्षित गरेको छ। १२० सदस्यीय नेसेट (संसद्) मा सरकार बनाउन ६१ सिट आवश्यक पर्ने भएकाले दुवै पक्ष बहुमतबाट टाढा रहेका छन्। सन् २०२३ अक्टोबर ७ को आक्रमण र त्यसपछिको गाजा युद्धपछि पहिलो पटक भएको यो निर्वाचनलाई नेतन्याहूको शासनमाथि जनताको जनमतसंग्र

story36 publishers

अब जथाभावी पशु काट्न र मासु बेच्न नपाइने- ऐन कार्यान्वयन गर्न १५ कार्यदल गठन

सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका लागि बागमती प्रदेशमा १५ वटा कार्यदल गठन गरेको छ ।पशु सेवा विभागले काठमाडौं उपत्यकाका लागि आठ सहसचिव सम्मिलित तीन कार्यदल तथा मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, रसुवा र चितवनमा उपसचिव नेतृत्वमा १२ कार्यदल गठन गरेको हो ।कार्यदलले सम्बन्धित जिल्लाका स्थानीय तहसँग आवश्यक समन्वय गरी व्यवसायीलाई पशुपन्छीको वध गर्नुअगाडि र गरेपछि अनिवार्य स्वास्थ्य परीक्षण, उत्पादित वस्तुलाई चिस्यान (रेफ्रिजरेसन) गरा

story5 publishers

बाइनान्समा सम्भावित 'ह्याक': अर्बौं डलरको क्रिप्टो सम्पत्ति रोक्का, बिटक्वाइनको मूल्यमा गिरावट

विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज 'बाइनान्स' मा ठूलो साइबर आक्रमण (ह्याक) को आशङ्का गरिएको छ।सुरक्षा जोखिमलाई ध्यानमा राख्दै कम्पनीले चोरी हुनबाट जोगाउन करिब ३ अर्ब अमेरिकी डलर बराबरको डिजिटल सम्पत्ति रोक्का (फ्रिज) गरेको छ।कम्पनीले हालका लागि सबै निक्षेप र भुक्तानी अस्थायी रूपमा बन्द गरेको छ। यद्यपि, प्रयोगकर्ताहरूको रकम सुरक्षित रहेको र कुनै नोक्सानी भएमा कम्पनीले सम्पूर्ण भरपाइ गर्ने प्रतिबद्धता जनाएको छ।यस घटनालगत्तै अन्य दुई प्रमुख क्रिप्टो प्लेटफर्म 'टिथर'&nbs

story

एआई कम्पनी टाट पल्टिँदा प्रयोगकर्ताका गोप्य सूचना बिक्री हुने जोखिम

कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा लगानी बढ्दै जाँदा यससँग जोडिएको अर्को गम्भीर जोखिम पनि देखिन थालेको छ ।एआई कम्पनी आर्थिक सङ्कटमा परेर बन्द भए वा टाट पल्टिए प्रयोगकर्ताले दिएका व्यक्तिगत विवरण, गोप्य कुराकानी र संवेदनशील सूचना अन्य कम्पनी वा व्यक्तिको हातमा पुग्न सक्ने जोखिम बढेको छ ।बीबीसीका थोमस जर्मेनले तयार पारेको रिपोर्टअनुसार एआई कम्पनी क्यारेक्टर डटकम आर्थिक सङ्कटमा परेपछि प्रयोगकर्ताको व्यक्तिगत विवरण र कुराकानी बिक्री हुन सक्ने विषयले गोपनीयतासम्बन्धी चिन्ता बढाएको छ ।क्यारेक्टर डटकम

story

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि १५ कार्यदल गठन

सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका लागि बागमती प्रदेशमा १५ वटा कार्यदल गठन गरेको छ ।पशु सेवा विभागले काठमाडौँ उपत्यकाका लागि आठ सहसचिव सम्मिलित तीन कार्यदल तथा मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, रसुवा र चितवनमा उपसचिव नेतृत्वमा १२ कार्यदल गठन गरेको हो ।कार्यदलले सम्बन्धित जिल्लाका स्थानीय तहसँग आवश्यक समन्वय गरी व्यवसायीलाई पशुपन्छीको वध गर्नुअघि र गरेपछि अनिवार्य स्वास्थ्य परीक्षण, उत्पादित वस्तुलाई चिस्यान (रेफ्रिजरेसन) गराउन

story5 publishers

झापामा चार लाख ५१ हजारभन्दा बढीले पाए राष्ट्रिय परिचयपत्र

झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन् ।जिल्ला प्रशासन कार्यालयले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । झापामा जिल्ला प्रशासन कार्यालय भद्रपुर, इलाका प्रशासन कार्यालय गौरीगन्ज र इलाका प्रशासन कार्यालय दमकबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता र कार्ड वितरण गर्ने काम भइरहेको छ ।जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि आठ लाख ६४ हजार ८१६ जनाको विवरण दर्ता भएकामा पाँच लाख ५३ हजार ५४८ जनाको कार्ड केन्द्रबाट

story4 publishers

कांग्रेसले मंसिरभर ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्‍याउन आगामी मङ्सिर महिनाभर ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने भएको छ ।नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बिहीबार केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति गगनकुमार थापाले नागरिकका समस्या सम्बोधन गर्न र पार्टीलाई जिम्मेवारीपूर्वक अघि बढाउन अभियान सञ्चालन गर्ने प्रस्ताव गरेका हुन् ।'कांग्रेसलाई देशका राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक समस्या समाधानका लागि तयार रहेको पार्टीका रूपमा नागरिकमाझ प्

story13 publishers

इनम सापकोटा प्रकरण बालेनका लागि अग्निपरीक्षा : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले इनम सापकोटा प्रकरण प्रधानमन्त्री बालेन शाहका लागि अग्निपरीक्षा बनेको टिप्पणी गरेका छन् ।सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार आफ्नो धारणा सार्वजनिक गर्दै थापाले जनताले व्यवस्था परिवर्तन र सुशासनको अपेक्षासहित बालेनको पक्षमा मतदान गरेको उल्लेख गरेका छन् ।उनले शक्तिकेन्द्रलाई समेत प्रभावित पार्ने बिचौलियाको जालो भत्काउन प्रधानमन्त्री शाह सफल हुन्छन् वा त्यससँग सम्झौता गर्छन् भन्ने प्रश्न उठाएका छन् ।‘शक्तिकेन्द्र नै

story

सरकारले मूल्य तोक्यो तर किनेन- चाडपर्व खर्च जुटाउन व्यापारीलाई सस्तोमै धान बेच्दै किसान

नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन यहाँका किसानले व्यापारीलाई सस्तो दरमा धान बेच्न बाध्य भएका छन् ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार ६६० र मध्यमको तीन हजार ८६० निर्धारण गरेको छ । तर, व्यापारीले कम्पनीले निर्धारण गरेको मूल्यभन्दा पाँच सय देखि एक हजारसम्म सस्तो दरमा धान खरिद गरिरहेको नेपालगन्ज–१९ सुईयागाउँका किसान ध्रुव थापाले बताए । 'यस वर्ष धान राम्रै फलेको छ, खाद्यले खरिद गर्ने समयसम्म भण्डारण गरेर राख्ने ठाउँ छैन,' उ

story5 publishers

काभ्रेका मिठाई पसललाई निर्देशन- कच्चा पदार्थ, उपभोग्य मिति र मूल्य अनिवार्य खुलाउनू

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले मिठाई बनाउन प्रयोग हुने कच्चा पदार्थ, प्रयोग गरिएको तेल वा घिउ, उपभोग्य मिति र मूल्य स्पष्ट देखिनेगरी पसलमा राख्न काभ्रेपलाञ्चोकका व्यवसायीलाई निर्देशन दिएको छ ।जिल्ला सदरमुकाम धुलिखेल र प्रमुख सहर बनेपाका मिठाई पसलको अनुगमनपश्चात कार्यालयले यस्तो निर्देशन दिएको हो । कार्यालयका प्रमुख मनिषा चापागाईँले मिठाई उत्पादन गर्दा प्रयोग गरिएका मुख्य कच्चा पदार्थ, तेल वा घिउको विवरण, उपभोग गरिसक्नुपर्ने मिति र बिक्री मूल्य ग्राहकले सहजै देख्न सक्ने

story6 publishers
3–12 hours ago

देशका धेरै ठाउँमा रातिदेखि निरन्तर वर्षा, बेलुकादेखि केही क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना

बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’ नेपालमा आइपुग्दा कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत भए पनि यसको प्रभाव देखिन थालेको छ। पश्चिमी वायुको आंशिक प्रभाव र चक्रवातको संयुक्त असरका कारण बिहीबारदेखि नै देशका विभिन्न भागमा मौसम बदलिई वर्षा र हिमपात भैरहेको छ। काठमाडौं उपत्यकामा हिजो रातिदेखि नै निरन्तर पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्यतया बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थ

story

स्याफ्रुबेँसी-खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा

भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड गाउँपालिकाका विभिन्न वडालाई जोड्ने काठेपुल सञ्चालनमा आएका छन् । स्थानीयवासीको आवतजावतलाई सहज बनाउन निर्माण गरिएको अस्थायी काठेपुल बिहीबारदेखि सञ्चालनमा आएको हो ।गोसाइँकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष मिङमार छिरिङ तामाङका अनुसार बाढीले सडक अवरुद्ध पारेपछि वडा कार्यालय र स्थानीयवासीको संयुक्त अगुवाइ तथा व्यवस्थापनमा लगातार तीन दिन लगाएर सो पुल निर्माण गरिएको हो ।काठे पुल सञ्चालनमा आएसँगै गोसाइँकुण्ड गाउँपालिका&nda

story8 publishers

विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलरको खरिददर १५२.१२, अरू कुन देशको कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७० रुपैयाँ ०९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ५२ पैसा र बिक्रीदर २०३ रुपैयाँ ३२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८४ रुपैयाँ २९ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९७ पैस

story

दुर्घटना न्यूनीकरणमा सक्रिय हुन निर्देशन

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन तथा नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर कार्यसम्पादन गर्न मातहतका ट्राफिक प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित ट्राफिक नियन्त्रण आधारभूत तालिमको १५७औँ समूहको समापन समारोहलाई सम्बोधन गर्दै उनले बढ्दो सवारी चापलाई व्यवस्थित गर्दै सडक दुर्घटना न्यूनीकरणका लागि थप जिम्मेवार भएर परिचालित हुन निर्देशन दिएका हुन् ।प्रमुख काफ्लेले सवारीस

story2 publishers

विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी

शिक्षा तथा खेलकुद मन्त्रालयले लामो समयदेखि प्रतीक्षाको विषय बनेको विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारीका कामलाई तीव्रता दिएको छ ।सरकारले सङ्घीय संसद्मा बुझाएको यस आर्थिक वर्ष २०८३/८४ मा निर्माण गरिने १६६ वटा विधेयकको सूचीको प्राथमिकतामा परेको सो विधेयकमाथि प्राप्त सुझावका आधारमा अन्तिम रुप दिने तयारीमा मन्त्रालय लागेको छ ।मन्त्रालयका प्रवक्ता श्रीप्रसाद भट्टराईले सरकारले संसद्मा बुझाइएको कार्यतालिका बमोजिम विधेयक तुर्जमाका लागि आवश्यक काम भइरहेको जानकारी दिए । शिक्षा तथा खेलकुदमन्त्री सस्मित प

story2 publishers