एमएडब्लु समूहले भन्यो– भन्सार तथा कर छलीको आरोप निराधार
अटोमोबाइल तथा व्यापारमा स्थापित एमएडब्लु समूहले आफूमाथि लगाइएका भन्सार छली, भ्याट छली र कर छलीसम्बन्धी आरोप खण्डन गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता भएको एक उजुरीका आधारमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित सामग्रीप्रति समूहले कडा आपत्ति जनाउँदै यस्ता आरोप कम्पनीको प्रतिष्ठा र व्यावसायिक साखलाई धक्का पुर्याउने उद्देश्यले फैलाइएको आरोप लगाएको छ।ती आरोपहरू पूर्णत: प्रमाणहीन र नियोजित भएको दाबी समेत उसले गरेको छ ।यो विषय वास्तवमा फौजदारी मुद्दा नभई प

