
केयूमा अध्यादेशमार्फत नियुक्ति खारेज भइसकेका ७ डिनहरू उही जिम्मेवारीमा फिर्ता
काठमाडौं । सरकारले ल्याएको अध्यादेशमार्फत खारेजीमा परेका पदाधिकारीहरूलाई काठमाडौं विश्वविद्यालयले फेरि निरन्तरता दिएको छ । शिक्षामन्त्री सस्मित पोखरेलको निर्देशनअनुसार तत्काललाई उनीहरूले नै जिम्मेवारी निभाउने गरी निरन्तरता दिइएको हो । अघिल्लो सरकारका पालामा राजनीतिक नियुक्ति पाएकाहरू सबै एकपटक पदमुक्त हुने गरी अध्यादेश ल्याइएको छ । राष्ट्रपतिबाट अध्यादेश जारी भएपश्चात केयूका पदाधिकारीहरू पनि स्वतः पदमुक्त भएका थिए […]
