Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 21 Maylast: 21 May

वित्तीय समानीकरण अनुदान कटौतीप्रति राप्रपा प्रमुख सचेतक खुश्बु ओलीद्वारा सरकारको ध्यानाकर्षण

राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रदेश र स्थानीय तहमा पठाइने वित्तीय समानीकरण अनुदानमा भइरहेको कटौतीप्रति सरकारको ध्यानाकर्षण गराएकी छिन्। उनले सरकारको यस्तो कदमले संघीयताको मर्म र संवैधानिक संस्थाको स्वायत्ततामाथि प्रहार गरेको बताइन्। ओलीले वित्तीय समानीकरण अनुदान स्थानीय तहको संवैधानिक अधिकार भएको र यो सरकारको दया वा कृपा नभएको उल्लेख गरिन्।

Summary by Jayaman

3publishers
3headlines
Span: 2 hoursNE onlyUpdated 21 May
Covered by
Broke on K cha khabarNepal Press logoNepal Press

प्रदेश र स्थानीय तहमा वित्तीय समानीकरण अनुदान काटिएको सांसद ओलीले गराइन् सरकारको ध्यानाकर्षण

राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले प्रदेश र स्थानीय तहमा वित्तीय समानीकरण अनुदान काटिएको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छिन्।

Coverage

2 more headlines since

first · 21 Maylatest · 21 May
    1. सरकारको ‘नो फाइल’ अभियानले र अनुदान कटौती नीतिले सुशासनमा बाधा पुर्‍यायो : ओली

      ७ जेठ, काठमाडौं । राप्रपा प्रमुख सचेतक खुश्बु ओलीले प्रदेश र स्थानीय तहमा पठाइने वित्तीय समानीकरण अनुदानमा भइरहेको कटौतीप्रति सरकारको ध्यानाकर्षण गराएकी छिन् । प्रतिनिधि सभाको बिहविारको बैठकमा बोल्दै ओलीले सरकारको हस्तक्षेपकारी प्रवृत्तिले संवैधानिक संस्थाको स्वायत्तता र संघीयताको मर्ममाथि प्रहार गरेको बताइन् । प्रमुख सचेतक ओलीले नेपालको संविधानको धारा २५१ ले राष्ट्रिय प्राकृतिक स्रोत तथा […]

    2. ‘वित्तीय समानीकरण अनुदान सरकारको दया वा कृपा होइन, स्थानीय तहको संवैधानिक अधिकार हो’

      काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले प्रदेश र स्थानीय तहमा पठाइने वित्तीय समानीकरण अनुदानमा भइरहेको कटौतीप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै ओलीले सरकारको हस्तक्षेपकारी प्रवृत्तिले संवैधानिक संस्थाको स्वायत्तता

      Ratopati logoRatopatiPrivatestory3 publishers
Khushbu Oli Criticizes Government for Cutting Financial Equalization Grants · K cha khabar