सिन्धुलीका दीप र काभ्रेका कुमार क्वार्टरफाइनलमा
सिन्धुलीका दीप थिङ र काभ्रेका कुमार तामाङ काठमाडौंमा जारी ‘जननायक बीपी कोइराला बागमती प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता–२०८३’ को पुरुष एकलतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।प्रतियोगिताको पहिलो दिन शुक्रबार सम्पन्न पुरुष एकलतर्फको अन्तिम १६ खेलाडीबीचको भिडन्तमा दीपले भक्तपुरका रेसोद सुवाललाई २१–११ र २१–१४ ले हराए । कुमार भने ललितपुरका सक्षम शाक्यलाई २१–१५ र २१–१६ ले हराउँदै क्वार्टरफाइनलमा पुगेका हुन् ।यसैगरी, काठमाडौंका सक्षम ढकाल, ललितपुरका सशिन
