
दुईदिने बिदा लागू गर्न विद्यालयलाई निर्देशन, हिउँदे-वर्षे बिदा घटाएर ३० दिन कायम गरिने
भक्तपुर- नेपाल सरकारले शैक्षिक सत्र २०८३ देखि विद्यालयमा हप्तामा दुई दिन सार्वजनिक बिदा (शनिबार र आइतबार) लागू गर्ने निर्णय कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय एकाइ, स्थानीय तह र सबै विद्यालयलाई पत्राचार गर्दै मन्त्रिपरिषद्को २०८२ चैत २२ गतेको […]




