
अधुरै रह्यो सूर्यविनायक–धुलिखेल सडकको काम, हटेन धूलो–हिलो र जाम (तस्बिरहरु)
अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाको काम अझै पूर्ण हुनसकेको छैन । तीन वर्षअघि सुरु गरिएको १६ किलोमिटर लामो यस सडकलाई ६ लेनमा विस्तार गर्ने कार्य अहिले पनि जारी रहेकाले दैनिक यात्रु, स्थानीय बासिन्दा तथा व्यवसायीले धूलो, हिलो र जामको समस्या खेपिरहेका छन् ।

