
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
मोरङ– सुनवर्षी नगरपालिका-९ डाईनिया चोकस्थित सडकमा प्र.१-०२-०५७ प८४८७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-९ चन्दनखाडी बस्ने ५० वर्षीय देवीलाल शर्माको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जीबन विकास सामुदायिक अस्पताल कटहरीमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । […]

