
संविधान संशोधन बहसमा सनातन हिन्दू राष्ट्र, राजसंस्था र प्रदेश खारेजीका मुद्दा समेट्न राप्रपाको माग
काठमाडौं । राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले संविधान संशोधन बहसमा सनातन हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था र प्रदेश संरचना पुनरावलोकनका विषय समेट्नुपर्ने बताएकी छन्। प्रतिनिधिसभामा बैठकमा बोल्दै संविधान संशोधन बहस पत्रको मस्यौदामा धर्मनिरपेक्षता, संवैधानिक राजसंस्था र प्रदेश खारेजीका विषय प्रारम्भिक रूपमा नदेखिएको भन्दै आपत्ति जनाइन्। उनले भनिन्, ‘जनताका सुझावहरू मागिएका छन्। हामी पनि त्यो कार्यदलमा छौँ। […]
