Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 27 Maylast: 27 May

कोशी प्रदेश सभामा पूर्वमुख्यमन्त्री राजेन्द्र राईद्वारा अवरोध, बैठक स्थगित

सरकारको नीति तथा कार्यक्रमप्रति असहमति जनाउँदै विपक्षी दलहरूले अवरोध गरेपछि बुधबार कोशी प्रदेश सभाको बैठक तनावपूर्ण बनेको छ। सभामुख अम्बरबहादुर विष्टले बैठक अगाडि बढाउन खोज्दा पूर्वमुख्यमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र राईले रोस्ट्रमको माइक तान्ने र फाल्ने प्रयास गरेका थिए। सांसद र मर्यादापालकबीच घम्साघम्सी भएपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए।

Summary by Jayaman

3publishers
5headlines
Span: 5 hoursNE onlyUpdated 27 May
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

कोशीमा विपक्षी सांसदबाट रोस्ट्रमको माइक फाल्ने प्रयास, बैठक आधा घण्टा स्थगित

प्रतिपक्षीको विरोधका बावजुत सभामुख अम्बरबहादुर विष्टले प्रदेश सभा बैठक सञ्चालन गर्न खोजेपछि राईले प्रदेश सभाको रोस्ट्रममा माइक फाल्न पुगेका हुन् ।

Coverage

4 more headlines since

first · 27 Maylatest · 27 May
    1. माइक थुत्न रोष्ट्रममै पुगेका राजेन्द्र राई भन्छन्- अतिचारै भएपछि के गर्ने त ?

      कोशी प्रदेशसभाको बैठक बुधबार केहीबेर तनावग्रस्त बन्यो । प्रतिपक्षी दलको चर्को अवरोध र नाराबाजीबीच सभामुखले बैठक सञ्चालन गर्न खोजेपछि पूर्वमुख्यमन्त्री राजेन्द्र राई रोष्ट्रममै पुगेर माइक फाल्ने प्रयास गरेका थिए ।मंगलबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि संशोधन दर्ता गर्न र छलफल गर्न पर्याप्त समय (७२ घण्टा) नदिई ‘सर्वसम्मति’ले पारित गरिएको घोषणा गरेपछि प्रतिपक्षी दलहरू रुष्ट थिए । बुधबारको बैठक शुरू हुनासाथ प्रतिपक्षी सांसदहरूले सोही विषयलाई लिएर अवरोध सिर्जना गरे ।विपक्षीको विर

      Lokaantar logoLokaantarPrivatestory5 publishers
    2. कोशीका पूर्वमुख्यमन्त्री राईको प्रष्टीकरण : रोस्ट्रम घेर्न गएको हुँ

      १३ जेठ, विराटनगर । सामान्य रूपमा सञ्चालन भइरहेको कोशी प्रदेश सभा बैठकमा बुधबार दिउँसो अनौठो दृश्य देखियो । प्रतिपक्षीको विरोधका बाबजुत सभामुख अम्बरबहादुर विष्टले बैठक अघि बढाउन खोजेपछि बैठक हल तनावपूर्ण बन्न पुग्यो । पूर्वमुख्यमन्त्री तथा प्रतिपक्षी सांसद राजेन्द्र राई दौडिएर रोस्ट्रममा पुगेपछि उनलाई बाहिर ल्याउन मर्यादा पालकलाई हम्मेहम्मे पर्‍यो । जबरजस्ती रोस्ट्रममा पुगेको भिडियो […]

    3. कोशी प्रदेशसभा बैठक अवरुद्ध, रोस्ट्रमको माइक भाँच्न पुगे पूर्वमुख्यमन्त्री राई

      कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज पनि अवरुद्ध भएको छ ।सभामुख अम्बरबहादुर विष्टले बैठक सञ्चालन गर्दै जनता समाजवादी पार्टी संसदीय दलका नेता निर्मला लिम्बूलाई बोल्ने समय दिनासाथ प्रमुख प्रतिपक्ष दल विरोधमा उत्रेको थियो ।प्रमुख प्रतिपक्ष दल नेकपाका सांसद राजेन्द्र राई ड्यासतर्फ प्रवेश गरेपछि मर्यादापालकले रोकेका थिए ।परिस्थिति प्रतिकूल बनेपछि सभामुखले आधा घण्टाका लागि स्थगन गरेको बैठक अहिलेसम्म सञ्चालन हुन सकेको छैन ।सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति असहमति जनाउँदै म

      Lokaantar logoLokaantarPrivatestory5 publishers
    4. कोशी प्रदेश सभाको दृश्य : जब पूर्वमुख्यमन्त्रीले रोस्ट्रममा उक्लिएर माइक फ्याँक्न खोजे…

      विराटनगर- विपक्षी दलहरूको अवरोधबीच सभामुखले बैठक अघि बढाउन खोजेपछि बुधबार दिउँसो कोशी प्रदेश सभाको बैठकमा तनाव भएको छ। प्रतिपक्षी दलहरूको अवरोधबीच सभामुख अम्बरबहादुर विष्टले बैठक अघि बढाउन खोजेपछि पूर्वमुख्यमन्त्री एवम् नेकपा सांसद राजेन्द्र राईले हतार हतार रोस्ट्रममा उक्लिएर त्यहाँको माइक नै फ्याँक्न खोजे । प्रतिपक्षी लहरको आशनबाट उठेर रोस्ट्रममा जुरुक्क उक्लिएका राईले माइक तानेर फ्याँक्ने […]

Former CM Rajendra Rai Disrupts Koshi Province Assembly Meeting · K cha khabar