
कञ्चनपुरमा बाघको आक्रमण: चार जना घाइते
भवानीदत्त भट्टकञ्चनपुर, जेठ १३ गते । कञ्चनपुर जिल्ला मा बाघको आक्रमणबाट नाबालकसहित चार जना घाइते भएका छन् । मङ्गलबार साँझ महेन्द्रनगरबाट बेलडाँडीतर्फ जाँदै गरेको अवस्थामा शुक्लाफाँ...
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र मङ्गलबार साँझ बाघको आक्रमणबाट एक नाबालकसहित चार जना घाइते भएका छन्। महेन्द्रनगरबाट बेलडाँडीतर्फ जाँदै गरेको मोटरसाइकललाई निकुञ्जको हुलाकी सडकखण्ड अन्तर्गत कालिकिच नजिकै बाघले आक्रमण गरेको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बाघको आक्रमणपछि मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा वीरेन्द्र ठगुन्ना र कल्पना ठगुन्नासहित चारै जना घाइते भएका हुन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
Summary by Jayaman

भवानीदत्त भट्टकञ्चनपुर, जेठ १३ गते । कञ्चनपुर जिल्ला मा बाघको आक्रमणबाट नाबालकसहित चार जना घाइते भएका छन् । मङ्गलबार साँझ महेन्द्रनगरबाट बेलडाँडीतर्फ जाँदै गरेको अवस्थामा शुक्लाफाँ...
3 more headlines since

बेलौरी समाचारदाताबेलौरी (कञ्चनपुर), जेठ १४ गते । मङ्गलबार साँझ दैजी–बेलडाँडी हुलाकी सडकखण्डमा बाघको आक्रमणबाट चार जना गम्भीर घाइते भएपछि प्रतिनिधि सभा सदस्य जनकसिंह धामीले सम्बन्धि...
कञ्चनपुर- कञ्चनपुरमा बाघको आक्रमणबाट नाबालकसहित चार जना घाइते भएका छन् । मङ्गलबार साँझ महेन्द्रनगरबाट बेलडाँडीतर्फ जाँदै गरेको अवस्थामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रअन्तर्गत कालिकिच नजिकै बाघले आक्रमण गर्दा उनीहरू घाइते भएका हुन् । कालिकिचबाट करिब दुई किलोमिटर टाढा निकुञ्ज क्षेत्रको हुलाकी सडकमा बाघले आक्रमण गर्दा मोटरसाइकल चालक बेलौरी नगरपालिका–९ खजुवाका वीरेन्द्र ठगुन्ना, उनकी श्रीमती कल्पना ठगुन्ना, […]

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ स्थित दैजी–बेलडाँडी सडकखण्डअन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र बाघको आक्रमणपछि मोटरसाइकल दुर्घटना हुँदा चार जना घाइते भएका छन् । दैजीबाट बेलडाँडीतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००९ प ७६३० नम्बरको मोटरसाइकलमा सवार चार जना दुर्घटनामा घाइते भएका हुन् । बाघको आक्रमणपछि मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएर उनीहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको […]