रवि लामिछाने जेलबाट निस्कनु मानवअधिकार उल्लंघन मात्रै होइन फौजदारी अपराध : आयोग
‘उनी कारागारबाट निस्किएको सो कार्य मानव अधिकारको हनन मात्र नभइ कारागार ऐन २०७९ को दफा ४९ मा उल्लेखित फौजदारी अपराध समेत भएको' आयोगको प्रतिवेदनमा उल्लेख छ।
राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा रवि लामिछाने कारागारबाट बाहिरिएको घटनालाई फौजदारी अपराध ठहर गरेको छ। आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कैदीबन्दी कारागारबाट निस्कनु कारागार ऐन २०७९ को दफा ४९ विपरीतको कार्य हो। प्रतिवेदनमा लामिछाने र नख्खु कारागारका प्रमुख सत्यराज जोशीमाथि थप अनुसन्धान गर्न सिफारिस गरिएको छ।
Summary by Jayaman
‘उनी कारागारबाट निस्किएको सो कार्य मानव अधिकारको हनन मात्र नभइ कारागार ऐन २०७९ को दफा ४९ मा उल्लेखित फौजदारी अपराध समेत भएको' आयोगको प्रतिवेदनमा उल्लेख छ।
1 more headline since

काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा रवि लामिछाने कारागारबाट बाहिरिएको घटनालाई फौजदारी अपराधको विषय ठहर गर्दै अनुसन्धान गर्न सिफारिस गरेको छ। आयोगले सार्वजनिक गरेको छानबिन प्रतिवेदनमा कारागारबाट कैदीबन्दी निस्किनु र भगाउने कार्य कारागार ऐन २०७९ को दफा ४९ अनुसार फौजदारी अपराध भएको उल्लेख गरिएको छ। प्रतिवेदनमा लामिछानेसँगै नख्खु कारागार प्रशासनका प्रमुख सत्यराज जोशी […]