
वैभव सूर्यवंशीले तोडे क्रिस गेलको १४ वर्ष पुरानो रेकर्ड, एकै सिजनमा प्रहार गरे ६१ छक्का
इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ को इलिमिनेटर खेलमा राजस्थान रोयल्सका युवा ब्याटर वैभव सूर्यवंशीले ऐतिहासिक कीर्तिमान कायम गरेका छन्।...
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को एलिमिनेटर खेलमा राजस्थान रोयल्सका १५ वर्षीय ओपनर वैभव सूर्यवंशीले क्रिस गेलको १४ वर्ष पुरानो कीर्तिमान तोडेका छन्। सनराइजर्स हैदराबाद विरुद्धको खेलमा उनले एकै सिजनमा सर्वाधिक छक्का प्रहार गर्ने गेलको रेकर्ड उछिनेका हुन्। मुल्लाम्पुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको उक्त खेलमा सूर्यवंशीले २९ बलमा ९७ रन बनाए पनि मात्र ३ रनले आईपीएल इतिहासकै छिटो शतक बनाउनबाट चुके। उनले यस सिजनमा २४२.८५ को स्ट्राइक रेटमा कुल ६८० रन बनाएका छन्।
Summary by Jayaman

इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ को इलिमिनेटर खेलमा राजस्थान रोयल्सका युवा ब्याटर वैभव सूर्यवंशीले ऐतिहासिक कीर्तिमान कायम गरेका छन्।...
8 more headlines since

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा राजस्थान रोयल्सका युवा ब्याटर वैभव सूर्यवंशीले सनसनीपूर्ण प्रदर्शन गर्दै मुख्य विधाका तीनवटा अवार्ड जितेका छन् । १५ वर्षीय सूर्यवंशीले यस सिजनको ‘मोस्ट भ्यालुएबल प्लेयर’ ‘अरेन्ज क्याप’ र ‘इमर्जिङ प्लेयर’को अवार्ड पाएका छन्। उनले १६ इनिङ्समा २३७.३० को अविश्वसनीय स्ट्राइक रेटमा ७७६ रन बनाएका छन् । आईपीएल इतिहासमा […]

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा राजस्थान रोयल्सका १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीले ‘ओरेन्ज क्याप’ जितेका छन् । प्रतियोगिताभर सानदार ब्याटिङ गर्दै उनी यस सिजनको सर्वाधिक रन बनाउने खेलाडी बनेका हुन् । वैभवले

एजेन्सी । भारतीय क्रिकेटमा १५ वर्षीय वैभव सूर्यवंशीले तहल्का मच्चाएका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा १६ खेलमा ७७६ रन बनाएर सनसनी मच्चाएका बायाँहाते ब्याटर वैभवको उत्कृष्ट प्रदर्शनले भारतीय चयनकर्ताको ध्यान तान्न सफल भएको छ

नयाँदिल्ली- राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले बुधबार आईपीएल एलिमिनेटरमा हैदराबादविरुद्ध २९ बलमा ९७ रन बनाए। उनी आईपीएल इतिहासको सबैभन्दा छिटो शतक बनाउने क्रिस गेल (३० बल) को रेकर्डबाट मात्रै ३ रनले चुके। खेलपछि वैभवलाई सबैभन्दा छिटो शतकको रेकर्डबारे थाहा थियो कि थिएन भनेर सोधिएको थियो । उनले भने, ‘मलाई आउट भएपछि मात्रै यो रेकर्डबारे थाहा […]

काठमाडौं। राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले आईपीएल अन्तर्गत बुधबारको एलिमिनेटरमा हैदराबादविरुद्ध २९ बलमा ९७ रन बनाए। उनी आईपीएल इतिहासकै सबैभन्दा छिटो शतक बनाउने क्रिस गेल (३० बल)को कीर्तिमान तोड्नबाट चुके। खेलपछि वैभवसँग सबैभन्दा छिटो शतकको कीर्तिमानबारे जानकारी थियो कि थिएन भनेर सोध्दा उनले भने, “म आउट भएपछि मात्रै यो कीर्तिमानबारे थाहा पाएँ। त्यतिबेला मेरो पूरा […]

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा देखिएको १५ वर्षीय किशोरको ब्याटिङ क्षमताको विश्वका क्रिकेट समर्थकले प्रशंसा गरिराखेका छन् । केवल १५ वर्षको उमेरमा उनले आईपीएलको इतिहासमै सायद अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट सिजन बिताएका छन् । ६८० रन (सबैभन्दा बढी रन), २४२.८५ उच्चतम स्ट्राइक रेट र ६५ छक्का उनका महत्त्वपूर्ण उपलब्धि हुन् । उनी मात्र १५ वर्षका […]

काठमाडौँ । जारी आईपीएल २०२६ मा १५ वर्षीय वैभव सूर्यवंशीले विस्फोटक प्रदर्शन गर्दै नयाँ इतिहास रचेका छन् । उनले एकै सिजनमा सर्वाधिक ६३ छक्का प्रहार गर्दै क्रिस गेलको १४ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् । यसअघि गेलले

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीच एलिमिनेटर खेल भइरहेको छ। मुल्लाम्पुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर राजस्थानले ब्याटिङ गरिरहेको छ। यशस्वी जैसवाल र वैभव सूर्यवंशी क्रिजमा छन्। सूर्यवंशीले क्रिस गेलको एकै सिजनमा सर्वाधिक छक्का प्रहार गर्ने १४ वर्ष पुरानो कीर्तिमान तोडेका छन्। गेलले सन् […]