
सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने
काठमाडौं– सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो बताएका हुन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गर्ने घोषणा गर्नुभएको छ। सरकारले कालीगण्डकी सभ्यतासँग जोडिएको क्षेत्रलाई तीर्थाटन र स्वच्छ उद्यममा केन्द्रित गरी 'गण्डकी चतुर्भुज'का रूपमा विकास गर्ने योजना अघि सारेको छ। यस अन्तर्गत त्रिवेणीधाम, देवघाट, रुरु क्षेत्र र मुक्तिनाथ जस्ता धार्मिक स्थलहरूलाई एकीकृत गरिनेछ। साथै, पर्यटन र क्षेत्रीय सहजताका लागि 'शालिग्राम पथ' निर्माणको समेत घोषणा गरिएको छ।
Summary by Jayaman

काठमाडौं– सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो बताएका हुन् ।
1 more headline since
अर्थमन्त्री स्वर्णिम वाग्लेले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रियस्तरमा रूपान्तरण गर्ने कार्य शुरू गरिने घोषणा गरेका छन् ।संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले कालिगण्डकी सभ्यतासँग जोडिएको क्षेत्रलाई तीर्थाटन तथा स्वच्छ उद्यम व्यवसाय केन्द्रित ‘गण्डकी चतुर्भुज’का रूपमा विकास गरिने बताएका हुन् ।उनले त्रिवेणीधाम, देवघाट, रुरु क्षेत्र, कागवेनी, मुक्तिनाथ र दामोदर कुण्डलाई एकीकृत गर्दै