युवा इन्जिनियरहरुलाई प्रोत्साहन गर्न त्रिवि र एयरवसबीच सहमति
१५ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय र एयरबसबीच त्रिवि इन्जिनियरिङ्ग अध्ययन संस्थानमा अध्ययरत विद्यार्थीहरुलाई इन्टर्नसिप गराउने सहमति भएको छ ।शिक्षा तथा खेलकुद मन्त्री एवं सहकुलपति सस्मित पोखरेलको उपस्थितिमा सहमतिपत्रमा हस्ताक्षर भएको हो । राष्ट्रिय अन्तरराष्ट्रीय सेमिनार तथा अनुसन्धानमा सहयोग गर्ने उद्देश्यले सहमतिपत्रमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा सुशील बहादुर बज्राचार्य र एयरवस का अध्यक्ष जुर्गेन वेस्टरमेयरले […]