डोनाल्ड ट्रम्पको तस्बिर अङ्कित २५० डलरको नयाँ नोट छाप्ने तयारी
अमेरिकाको स्वतन्त्रता घोषणाको २५०औँ वार्षिकोत्सवका अवसरमा यो विशेष नोट जारी गर्ने योजना बनाइएको हो।
अमेरिकी प्रशासनले राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अंकित २५० डलरको नयाँ नोट जारी गर्ने तयारी गरिरहेको छ। अमेरिकी कोष सचिव स्कट बेसान्टका अनुसार जीवित व्यक्तिको तस्बिर नोटमा छाप्न निषेध गर्ने वर्तमान कानुन संशोधनका लागि अमेरिकी कंग्रेसमा प्रक्रिया अगाडि बढाइएको छ। अमेरिकाको स्वतन्त्रता घोषणाको २५०औँ वार्षिकोत्सवको अवसरमा यो विशेष नोट ल्याउने योजना बनाइएको हो। वासिङ्टन पोस्टका अनुसार मुद्रा छाप्ने निकाय ब्यूरो अफ इन्ग्रेभिङ एण्ड प्रिन्टिङलाई नयाँ नोटको डिजाइन गर्न निर्देशन दिइएको छ।
Summary by Jayaman
अमेरिकाको स्वतन्त्रता घोषणाको २५०औँ वार्षिकोत्सवका अवसरमा यो विशेष नोट जारी गर्ने योजना बनाइएको हो।
1 more headline since
अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको चित्र भएको २५० डलरको नोट छापिने भएको छ । अमेरिकी कंग्रेसले कानून परिवर्तन गर्यो भने नयाँ नोट छाप्ने बाटो खुल्ने ट्रम्प प्रशासनले जनाएको छ । अमेरिकी कोष सचिव स्कट बेसान्टले हाल अमेरिकामा जीवित व्यक्तिकोतस्वीर नोटमा छाप्न निषेध गर्ने नियम छ । यो नियम परिवर्तन गर्ने प्रयास भइरहेको छ ।वाशिंगटन पोस्टको रिपोर्ट अनुसार, ट्रम्प प्रशासनले अमेरिकी मुद्रा छाप्ने एजेन्सी ब्यूरो अफ इन्ग्रेभिङ एण्ड प्रिन्टिङलाई नयाँ नोट डिजाइन गर्न निर्देशन दिएको छ ।