Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

एमाले परित्याग गरेका उमाशंकर अरगरियालाई पार्टीले दियो दुई जिम्मेवारी

नेकपा एमालेका केन्द्रीय सदस्य उमाशंकर अरगरियाले पार्टी परित्याग गरेको घोषणा गरे तापनि उनलाई नयाँ जिम्मेवारी दिइएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार जारी गरेको अन्तरपार्टी निर्देशनमा अरगरियालाई 'मिसन पार्टी जागरण' अभियान र धनुषा जिल्ला इन्चार्जको जिम्मेवारी तोकिएको छ। पार्टीमा गुटबन्दी बढेको र इमानदार कार्यकर्ताको सम्मान नभएको भन्दै उनले पाँच दिनअघि मात्रै एमाले छाडेको घोषणा गरेका थिए।

Summary by Jayaman

4publishers
4headlines
Span: 2 hoursNE onlyUpdated 5d ago
Covered by
Broke on K cha khabarHimal Press logoHimal Press

एक साताअघि नै पार्टी छाडेका उमाशंकरलाई एमालेले दियो जिम्मेवारी

काठमाडौँ- एक साताअघि नै पार्टी छाडेका धनुषाका उमाशंकर अरगरियालाई एमालेले जिम्मेवारी दिएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री उमाशंकर अरगरिया एमाले परित्याग गरेको पाँच दिन भइसकेको छ ।अरगरियाले पार्टी छाडेको पाँच दिनपछि जारी भएको अन्तरपार्टी निर्दैशन (अपानी)मा जिम्मेवारी उल्लेख गरिएको छ । चुनावमा पार्टीका उम्मेदवारविरुद्ध क्रियाकलाप गर्नेहरूलाई दण्डित गर्नुको सट्टा पार्टीले पुरस्कृत गरेको भन्दै […]

Coverage

3 more headlines since

first · 5d agolatest · 5d ago
    1. पार्टी छोडिसकेका अरगरियालाई एमालेले दियो पार्टी जागरण अभियानको जिम्मा

      १६ जेठ, काठमाडौं । केही नेताहरुको जिम्मेवारी हेरफेर सहित जारी नेकपा एमालेको अपानिमा पार्टी छोडिसकेका उमाशंकर अरगरियालाई पनि कार्यविभाजन गरिएको छ । केन्द्रीय सदस्य अरगरियालाई धनुषामा मिसन पार्टी जागरण अभियान चलाउने जिम्मेवारी दिइएको छ । नेपाली वर्णानुक्रम अनुसार अपानिको ४२ नम्बरमा नाम रहेका अगरियाले केही दिन अगाडि नै एमाले परित्याग गरिसकेका छन् । ०७९ सालको […]

    2. एमाले छाडिसकेका अरगरियालाई ओलीले दिए पार्टीको जिम्मेवारी

      काठमाडौँ– नेकपा एमालेका केन्द्रीय सदस्य उमाशंकर अरगरियाले पार्टी परित्यागको घोषणा गरेको अवस्थामा पनि जिम्मेवारी पाएका छन् । पार्टीमा गुटबन्दी बढ्दै गएको गुनासो गरेका उनले आफ्ना कुराको पनि सुनावाइ नभएको भन्दै गत आइतबारदेखि एमाले परित्याग गरेका थिए। तर उनले पार्टी छाडेको ५ दिनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले पठाएको अन्तरपार्टी निर्देशनमा अरगरियालाई पनि जिम्मेवारी दिइएको हो […]

    3. पार्टी छोडेका नेतालाई एमालेको दुई जिम्मेवारी

      काठमाडौँ । केही दिनअघि पार्टी परित्याग गरेका एक नेतालाई एमाले एकसाथ दुई जिम्मेवारी दिएको छ । केन्द्रीय सदस्य उमाशंकर अरगरियाले पार्टीमा इमानदार कार्यकर्ताको सम्मान हुन छाडेको आरोप लगाउँदै सार्वजनिक रूपमा राजीनामा घोषणा गरेका थिए । शुक्रबार एमाले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि) मा उनैलाई दुई जिम्मेवारी दिइएको उल्लेख छ । उनलाई मिसन पार्टी जागरण […]

CPN-UML Assigns Responsibilities to Umashankar Argariya Despite His Resignation · K cha khabar