माथिल्ला कक्षामा पनि अध्यापन गराउने बालशिक्षकलाई सरकारले तलब नबढाउँदा आक्रोश
काठमाडौँ- सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा सामुदायिक विद्यालयका बालविकास सहजकर्ता (ईसीडी शिक्षक)हरूको तलब नबढाएपछि उनीहरू आक्रोशित बनेका छन्। नेपाल बालविकास शिक्षक संघर्ष समितिले विज्ञप्ति जारी गर्दै बजेटले आफ्ना समस्याहरू समाधान गर्न नसकेको बताए। समिति अध्यक्ष कृष्णकुमारी थापा मगर र महासचिव निर्मला गिरीले जनताले चुनेको नयाँ सरकारले आफ्ना मागहरू सम्बोधन गर्ने आशा गरे पनि बजेटमा कुनै […]



